७१ वर्षीया सुन्दरीको अचम्मलाग्दो फिटनेस
वासिंटन : विश्वप्रसिद्ध फेसन डिजाइनर भेरा वाङको तन्दुरुस्ती र उमेर तुलना गर्दा धेरैजसो अचम्ममा पर्छन् ।
यही शुक्रबार ७१ औं जन्मदिन मनाएकी भेराले इन्स्टाग्राममा शारीरिक व्यायाम गर्दै गरेको आफ्नो फोटो पोस्ट गरेकी थिइन् । कालो स्पोर्टस् ब्रा र हरियो लेंगिन्समा उनले पोस्ट गरेको फोटोले अधिकांशलाई झुक्याउँछ ।
तर फोटो हेर्दा सायदैले उनी ७१ वर्ष पुगेको अनुमान लगाउन सक्थे । तैपनि धेरै सेलिब्रिटीले उनलाई जन्मदिनको शुभकामना दिए । अस्ले ग्रामदेखि किम कार्दशियनसम्मका सेलिब्रिटीले उनले तयार पारेको डिजाइनको पहिरन लगाउँछन् ।
भेराले आफ्नो शरीरलाई व्यायामबाट झण्डै जिरो फिगरजस्तो बनाएकी छन् । उनको फिटनेसबारे थुप्रै मिडियाले अन्तर्वार्ता समते लिएका छन् । उनले कसरी फिट रहने भन्नेबारे प्रशंसकलाई टिप्स समेत दिने गरेकी छन् । त्यसो त, थुप्रै फ्यानले उनलाई कसरी फिटनेस कायम राख्ने भनेर जिज्ञासा राख्छन् । हालै जर्ज फ्लोइडको हत्याको विपक्षमा उभिएकी भेरा सोसल मिडियाको ह्यासट्याग अभियानमा पनि सहभागी बनेकी थिइन् ।