मिर्गौला पीडितको अपील : बाँच्न चाहन्छु, सहयोग गर्नुहोस्

मिर्गौला पीडितको अपील : बाँच्न चाहन्छु, सहयोग गर्नुहोस्

कालिकोट : जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–४ का विशाल दर्जी बिर्जितको मिर्गौला सम्बन्धि समस्या छ। 

अबको दुई महिना भित्र मिर्गौला प्रत्यारोपण नगरे उनको ज्यान पनि जान सक्छ। सानै उमेरमा आमाको पेट दुख्ने समस्याले मृत्यु भयो। कक्षा ८ सम्म पढेका उनी  आर्थिक अवस्था कम्जोर भएकै कारण बिद्यालय छोडेर कालापाहाड जानु पर्‍यो। भारत जाने पैसा कमाएर ल्याउने र परिवारको छाक टार्ने उनको बाध्यता थियो। 

एक वर्ष अगाडीदेखि पेट देख्ने समस्या देखियो। उनले पहिले पहिले सामान्य रुपमा लिए। उनी बम्बईको एक होटलमा काम गर्दै गर्दा पेट दुख्ने समस्या जटिल बन्यो। उनले एक महिना अगाडि बम्बईको महाराष्ट्रमा रहेको एक अस्पतालमा स्वास्थ्य जाँच गराए। 

उनी बम्बईमा काम गर्न नसक्ने भएपछि खाना खानै समस्या भयो। उनकै गाउँका वडा सदस्य ध्वजबहादुर शाहीको पहलमा उनलाई गाउँपालिकाले उद्धार गरी लकडाउनका बेला घर ल्यायो। उनी गाउँपालिकाको क्वारेन्टाइनमा १४ दिन बसे। 

उनीको पीसीआर र आरडीटी रिपोर्ट नेगेटिभ आएपछि मिर्गौला र उपचारका लागि आर्थिक सहयोगका लागि सदरमुकाम आएर पत्रकारसम्मेलन गरी सबैलाई अपील गरेका छन्। ‘म बाँच्न चाहान्छु। मेरो उमेर २० वर्ष मात्र भयो। श्रीमती, परिवारका लागि पनि मैले बाँच्नु पर्छ। मसँग जन्मजात रुपमा एउटा मात्र मिर्गौला रहेछ। त्यसले पनि काम गर्न छाडेपछि अबको दुई महिना भित्र शल्यक्रिया भएन भने म बाँच्दिन’, उनले भने, ‘मेरो परिवारको बिचल्ली हुन्छ। मिलेपछि बुवाले नै मिर्गौला दिने भन्नुभएको छ। तर मलाई उपचारका लागि जान पकेटमा दुई सय रुपैयाँ पनि छैन्। कसरी जाउँ उपचारमा।’ 

मिर्गौला प्रत्यारोपण गर्न र उपचार गर्न करिब ८ देखी १० लाखवसम्म लाग्ने बताए। सानो सहयोगले उपचार हुने भन्दै उनले सहयोगी मनसँग गुहार मागेका छन्। स्थानीय विकास तिरुवाले विशालको उपचारका लागि गाउँपालिकामा पनि माग गरिएको र मानवीयताका हिसाबले सबैको सहयोगको खाँचो परेको बताए। उनले सबैले सक्दो सहयोग गरेर विशालको ज्यान जोगाउन आग्रह गरे।
 
विशालको उपचारका लागि पहल गर्ने सान्नीत्रिवेणी गाउँपालिका–४ का वडा सदस्य ध्वजबहादुर शाहीले गाउँपालिकाट हुने सहयोगले विशालको उपचार गर्ने रकम अपुग हुने भएकाले सबैलाई आग्रह गर्नु परेको बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.