अछामको क्वारेन्टाइनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

अछामको क्वारेन्टाइनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

अछाम : अछाममा क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ। रामारोशन गाउँपालिका-५ को कैलाशेश्वर घट्टेखेती आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते अछाम पुगेका थिए । असार ९ गते उनको आरडीटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । 

असार १३ गते एक्‍कासी श्वासप्रश्वसमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगेको थियो। आकस्मिक कक्षमा उपचारका क्रममा उनको आइतबार दिउँसो २ बजे मृत्यु भएको अस्पतालका डाक्टर विकास गौचनले बताए ।

उनका अनुसार मृतक पुरुष सुगरका बिरामी थिए । सुगर एक्‍कासी बढेपछि स्वास्थ्यमा समस्या आएको डाक्टर गौचनले बताए । मृत्युपछि उनीसँगै परिवारका अन्य २ जना कुरुवाको समेत स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको गौचनले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.