भारतबाट काभ्रे आएका एक जनामा कोरोना पुष्टि

भारतबाट काभ्रे आएका एक जनामा कोरोना पुष्टि

काभ्रे​ : भारतबाट काभ्रे आएका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्लाको बेथानचोक गाउँपालिका–४ का एक २३ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्रकुमार झाले जानकारी दिए। 

कोरोना संक्रमण पुष्टि भएका युवा असार २ गते भारतबाट काभ्रे आइपुगेका हुन्।  उनी भारत बाट जिल्ला आएसँगै बेथानचोक गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए। 

धुलिखेल अस्पतालमा भारतबाट आएका युवाको स्वाब परीक्षणपछि आइतबार कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण देखिएका युवा काभ्रे जिल्लाको छैटौं कोरोना सक्रमित ब्यक्ति हुन्। 

संक्रमण देखिएका युवालाई आइसोलेसनमा राखी उपचार गर्नको लागि शुक्रराज ट्रपिकल अस्पताल टेकु काठमडौंमा पठाएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ। 

यस अघि जिल्लामा रोशी गाउँपालिकामा ३ जना, पनौती नगरपालिकामा १ जना र पाँचखाल नगरपालिकामा १ जनामा कोरोना सक्रमण देखिएको थियो। संक्रमित पाँच जना उपचार पश्चात निको भएर घर फर्किसकेका छ्न्।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.