जस्टिनले हाले दुई करोडको मुद्दा

जस्टिनले हाले दुई करोडको मुद्दा

लस एन्जलस : हलिउड गायक जस्टिन बिबरले दुई महिलाविरुद्ध दुई करोड डलरको मानहानी मुद्दा दायर गरेका छन्। यी महिलाले जस्टिनमाथि यौन शोषणको आरोप लगाएका थिए। पीपल डट कमको रिपोर्टअनुसार, बिबरले आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन्। सोसल मिडियामार्फत उनीमाथि आरोप लगाउने दुई गुमनाम महिलाविरुद्ध कानुनी कारबाहीको माग गरेका छन्।

यी २६ वर्षीय गायकले डेनियल र कादीनामक एकाउन्टविरुद्ध मुद्दा दायर गरेका हुन्। यी दुवैले बिबरमाथि २०१४ र २०१५ मा पीडा दिएको आरोप लगाएका थिए। यतिमात्रै होइन, बिबरले मानहानीको हर्जानास्वरूप दुई करोड डलर मागेका छन्।

बिबरका वकिलले भने, ‘डेनियलको दाबीअनुसार २०१४ मार्च ९ मा फोर सिजन्स होटलमा उनीमाथि दुव्र्यवहार गरिएको थियो। जबकि बिबर मार्च २०१४ मा उक्त होटलमा थिएनन्। यो आरोप झुटो हो।’

यसबारे बिबरले ट्विट गरेका छन्, ‘मैले आफ्नो पूरै करिअरमा धेरै आरोप झेलेको छु तर पत्नी हैली बाल्डविन र टिमसँग कुरा गरेपछि मैले यो विषयमा बोल्ने निर्णय गरेको हुँ। अफवाह अलग हो तर यौन उत्पीडनको सवाल म हल्का रूपमा लिन सक्दिनँ। यो आरोप तथ्यात्मक रूपमा गलत हो। म यसविरुद्ध कानुनी कारबाही गर्छु।’ -एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.