पाटन उक्लिँदै भेडाका बथान

पाटन उक्लिँदै भेडाका बथान

कालिकोट : जिल्लाको ग्रामिण समुदायमा भेडा पालक किसानले भेडाका बथान पाटन क्षेत्रमा सार्न थालेका छन् । बर्षेनि भेडापालक किसान यस सिजनमा भेडाका बथानलाई पाटन क्षेत्रमा चरनका लागि लैजाने गर्छन्।

बर्षेनि जाडोयाम सुरु भएपछि अउलतिर र गर्मी याम सुरु भएपनि लेकतिर भेडा सार्ने गरिन्छ । बैशाख महिनाबाट लेकतिर उकालिएका भेडाका बथान असारमा पाटन क्षेत्रमा पुर्‍याउने गरिएको जिल्लाको नरहरीनाथ गाउँपालिका ४ रुप्साका दल सिकालले बताए । 

उनले भने, 'अहिले भेंडीगोठ पाटनतिर सारेको छौँ । वैशाखबाट पाटनतिर लिन थालिएका भेडाका बथान ठाउँठाउँमा बसाल्दै चरिचरन गर्दै असारमा मात्र त्रिवेणी पाटनमा पुगाएका हौँ ।' उनले भने, 'हरीयाली पाटनमा भेडाका लागि चरिचरन राम्रो हुने भएकाले गाउँका सबै भेडापालक किसानले भेडाका बथान पाटनतिर उकालेका हुन् । गर्मी छल्न पाटन उक्लेका भेडा चार महिनापछि फेरी जोडो छल्न गाउँतिर झारिन्छन्।'

हरेक वर्षको चैतदेखी गाउँबाट नहरीनाथ गाउँपालिका र सान्नित्रिवेणी गाउँपालिकाको लेकाली क्षेत्र थ्याप्च्या, बल्ला काँधहुँदै त्रिवेणी पाटनमा भेडाका बथानसँगै ठाँउठाँउमा रोक्दै लिने गरिन्छ ।  साउनमा हुने बढीमालिकाको पूजासहित जात्राको रमाइलो हेर्नका लागि पनि यहाँका अधिकांश भेडापालक किसान असारमा नै पाटनमा भेडाका बथान पुगाएर बसोबासको बन्दोबस्तो गर्ने गर्छन् ।

परापूर्वकालदेखि भेडापालन गर्दै आएका सिकालका ७० वटा भेडा छन् । गर्मी समय पाटनतिर चिसो समय औलतिर भेडाको बथान डुलाएर जीवन चलाउँदै आएका छन् । यस्थै नरहरीनाथ गाउँपालिका ५ का चम्फ सहकारीले पनि भेडाको बथान पाटन उकालेका छन् । उनका पनि ५० भेडा छन् । त्रिवेणीको पाटनमा पाल हालेर बस्ने व्यवस्था मिलाएका छन् । 

उनी भन्छन्, 'पाटनमा पुगेपछि भेडासँगै दिन बितेको पत्तै हुँदैन। हामीलाई गाउँमा बस्न मन लाग्दैन । भेडासँग पाटनमै रमाउँछौँ । भेडाका बथानसँग त्रिवेणी पाटनको जाडो, निरन्तरको झरी, असिना पानी, चट्याङ केही पनि डर लाग्दैन् । पालमा मुडा बालिन्छ भेडा चराएर दिन बिताइन्छ।'

जिल्लाको नरहरीनाथ, सान्नित्रिवेणी, पचालझरना, पलाँता गाउँपालिकाका अधिकांश भेडा पालक किसान सबैले भेडीका बथानसँग पाटन क्षेत्रमा सर्न थालेका छन् । उनीहरु असारदेखि असोजसम्मको अधिकांश समय लेकाली क्षेत्रमा भेडासँगै भेडीगोठमा बिताउँछन् । पचालझरना गाउँपालिका वडा नं. ७ का टक्कबहादुर ऐडीले भने, 'करीब २ सय भेडाको बथानसँगै बड्डादुन पाटनमा पुगेपछि आफ्नो संसार नै यही हो जस्तो लाग्छ ।'

उनीसँगै छिमेकी दुई परिवारका गरी २ सय भेडाको बथान यति बेला पाटन उकालिएको छ । उनको पनि दिनचर्या भेडीगोठमा बित्छ । जहाँ भैसी र गाईगोरुका बगालहरु पनि सँगै लिने गरेका छन् । पचालझरना गाउँपालिकाले ५० भन्दा माथि भेडाबाख्रा पालन गर्ने किसानलाई गोठालो भत्ता दिने व्यवस्था गरेपछि उनीहरु थप उत्साहित छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.