सलह कक्रक्कै पार्ने कृषि मन्‍त्रीको भाइरल भाषण ! (अडियो)

सलह कक्रक्कै पार्ने कृषि मन्‍त्रीको भाइरल भाषण ! (अडियो)

सिन्धुली : असार १५ लाई किसानको विशेष दिन हो। यसलाई धान दिवसको रुपमा मनाइन्छ। मानो रोपेर मुरी उब्जाउने दिन भन्दै असार १५ बिहानैदेखि रोपाइँ उत्सव चल्छ। तर रोपाइँले रंगिनुपर्ने सामाजिक संजालमा साेमबार कृषिमन्‍त्रीको एउटा भाषण भाइरल भएको छ। 

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले अमेरिकी हेभी मेटल म्युजिकले सलहलाई कक्रक्कै पार्ने बताएपछि सामाजिक संजालमा यसबारे रोचक बहस सुरु भएको छ। गम्भीर स्वभावका बौद्धिक नेता भुसालले किन यस्तो उट्‌पट्याङ गरे होलान् भनेर थुप्रै शुभचिन्तकले प्रतिक्रिया र प्रश्‍न गरेका छन्। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ)ले सलह किराको नियनत्रणका लागि उच्च सतर्कता अपनाउन भनिरहेका बेला उनको यो भाषण हाँसीमजाको विषय बनेको छ।आखिर के भनेका थिए त कृषिमन्त्री भुसालले ? उनको भाषण अडियोसहित यहाँ प्रस्तुत गरिएको छ।

आइतबार सिन्धुलीको कमलामाई नगरपालिकामा संचारकर्मीसँगको कुराकानीमा मन्त्री भुसालले हेभी मेटल म्युजिकले सलह कीरा कक्रक्कै हुने दाबी गरेका हुन्।ठुल्ठुला आवाजका माइकमा गित घन्काउँदा सहल कक्रक्कै हुने थाहा पाएपछि सरकार त्यस्ता संगितको संकलनमा लागिपरेको समेत उनको भनाइ छ । मन्त्री भुसालले भने, ‘हेभी मेटल म्युजिकले सलह किरा कक्रक्कै हुने जानकारी आएको छ। अमेरिकाको एउटा म्युजिक ब्यान्डले गाएको हेभी मेटल म्युजिक भएको गीत सुनाएपछि जहाँकोत्यही सलह कक्रक्कै हुने रहेछ । त्यसको संकलन गर्ने कार्य भइरहेको छ।’

अस्ट्रेलियामा बस्‍ने एक जना भाइले आफूलाई फोनमा सलह कीरा नियन्त्रणका लागि गीत र संगीत प्रभावकारी हुने भनेपछि सरकार त्यहीअनुसार गीत संकलन गर्न लागि परेको मन्त्री भुसालले बताएका छन्।‘कतिपय देशहरुमा सलह भगाउन हेलिकप्टर, ड्रोन उडाउने काम भए पनि नेपालमा अहिले त्यो अवस्था आइसकेको छैन हामी यस विषयमा छलफलमै छौं । तर त्यसको असर कम गर्न, व्यक्ति र समुदाय स्तरबाटै अग्रसर भने हुनुपर्छ,’उनले थपे ।

सन् २०१८ मा आएको लुभान चक्रवातसँगै दक्षिण अरबको प्रायद्वीपमा ठूलो बथानमा देखा परेको सलह सन् २०१९ जनवरीमा अफ्रिका, यमन, साउदी अरब हुँदै इरानमा प्रवेश गरेको थियो । अनुकूल मौसमको फाइदा उठाउँदै सन् २०२० को सुरुमै त्यसको एक बथान अफ्रिकाबाट खाडी मुलुक हुँदै पाकिस्तान, हिन्द महासागर भारतको दिल्ली, उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, उडिसा, बिहार, राजस्थानमा उत्पात मचाएर पछिल्लो तिन दिन यता नेपालमा प्रवेश गरेको हो ।

गएको शनिवारबाट नेपाल प्रबेश गरेको सलह किरा सुरुमा रूपन्देहीको भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमनबारा र सर्लाहीको नवलपुर, सिन्धुली, मकावनपु र नवलपरासीसम्म पुगिसकेको छ ।यी किराले लगाउन सुरु भएको बर्खे धान बाली, धानको बीउ, फलफूलका बोटबिरुवा र तरकारीका बाली खाएर नष्ट गर्न थालेपछि किसान भने चिन्तित बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.