साढे २ वर्षमा सक्ने भनिएको कालोपत्रे ५ वर्षमा आधा

साढे २ वर्षमा सक्ने भनिएको कालोपत्रे ५ वर्षमा आधा

जोमसोम : मुस्ताङको घरपझोङ गाउँपालिका—४ जोमसोममा बसपार्कको कालोपत्रे निर्माणको काम निर्धारितबाट थप २ वर्ष बितिसक्दा पनि आधा काम बाँकी नै छ ।

सम्झौता अवधि २ वर्ष ६ महिना रहेको जोमसोम बसपार्क ५ वर्षमा आधा काम मात्रै सम्पन्न भएको हो । बसपार्कको जग्गा सम्याउने, केही स्थानमा पर्खाल लगाउने र सबवेश मिलाउने लगायत काम संम्पन्न भएको हो । तर बसपार्कको बाँकी अधुरो कामले निरन्तरता पाउन नसक्दा बसपार्क निर्माणको काम ओझेलमा परेको हो । संघीयता अघि साविक डिभिजन कार्यालय बाग्लुङले २०७३ सालमा २ करोड ५१ लख लागतमा ठेक्का टेन्डर गरेको थियो ।

उसले बसपार्कको बिस्तृत परियोजना प्रतिप्रतिवेदन डिपिआर तयार गरेको थियो । बसपार्कको क्षेत्रफल २ सय मिटर लम्बाई १ सय मिटर चौडाई रहेको भए पनि लागत योजनाले नथेग्ने भएपछि  लम्बाइ र चौडाइतर्फ २५ मिटर क्षेत्रफल घटाइएको थियो ।

जोमसोम बसपार्क निर्माणका लागि त्यसबेला डिभिजन कार्यालय मार्फत १ करोड बजेट निकासा भएको थियो । त्यो रकमले बसपार्कको संरचना निर्माणको कामलाई अघि बढाएको थियो । त्यसपछि बसपार्कको कुनै काम अघि बढ्न सकेन ।

संघीयता कार्यान्वयन पूर्व सुरुआत भएको जोमसोम बसपार्क त्यसपछि डिभिजन कार्यालय खारेज हुँदा बसपार्क निर्माणको काम ओझेलमा परेको हो । बहुवर्षीय आयोजनाको रुपमा सुरु गरिएको बसपार्क त्यसपछि संघीयतापछि सहरी विकास मन्त्रालय अन्र्तगत संघीय आयोजना कार्यान्वन इकाइ कास्कीले लिएको थियो ।

बसपार्कलाई १ करोड बजेटपछि इकाइमा जिम्मेवारी सरेपछि नयाँ बजेट निकासा भएन । बसपार्क निर्माणको ५ वर्र्ष पुग्दा चालु वर्षको सुरुआतमा ५ लाख बजेट राखियो । उक्त रकम बसपार्क निर्माणका लागि पर्याप्त थिएन । बसपार्क बनाउने जिम्मा लिएको रोशन अमित जेभीले तोकिएको बजेट बाहेक थप ४५ लाख बराबरको क्रेडिट काम गरेको संघीय आयोजना कार्यान्वयन इकाइ कास्कीका इन्जिनीयर सुशील आर्चायले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.