दाङमा दुई सैनिकसहित ५८ जनामा कोरोना संक्रमण

दाङमा  दुई सैनिकसहित ५८ जनामा कोरोना संक्रमण

दाङ : दाङमा सोमबार थप ५८ जना कोरोना संक्रमित थपिएका छन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दुईजना सैनिकसहित ५८ जनामा कोरोना पुष्टि भएको हो । जिल्लाका दशैवटा पालिकामा कोरोना संक्रमण देखिएको छ । 

दंगीशरण गाउँपालिकामा सोमबार दुईजनामा कोरोना पुष्टि भएसँगै सबै पालिकामा कोरोना संक्रमण देखिएको हो।सोमबार घोराही उपमहानगरपालिकाका विभिन्न वडाका ७ जना, गढवा गाउँपालिकाका २२ जना, तुलसीपुर उपमहानगरपालिकाका ८ जना, शान्तिनगर गाउँपालिकाका २ जना, राप्ती गाउँपालिकाका ५ जना, बबई गाउँपालिकाका १० जनामा कोरोना पुष्टि भएको छ ।
 

योसँगै दाङमा ५सय ५७ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला आपत्कालिन कार्य सञ्‍चालन केन्द्रले जिल्लामा नेपाली सेनासहित ५५७ जनामा कोरोना संक्रमण भएको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.