पञ्‍चेबाजासहित रोपाइँ (फोटो फिचर)

पञ्‍चेबाजासहित रोपाइँ (फोटो फिचर)

दैलेख : जिल्लाको नारायण नगरपालिका १ गहतारीमा पञ्चेबाजासहित रोपाइँ गरिएको  छ । वडा कार्यालयको आयोजनामा १७ औँ राष्ट्रिय धान दिवसका अवसर पारेर पञ्चेबाजाको धुनसँगै स्थानीयले असारे गीत गाउँदै रोपाइँ गरेका हुन् । 

नारायण नगरपालिकामा पहिलो पटक राष्ट्रिय धान दिवस मनाइएको हो । सदरमुकाम नजिकै रहेको गहतारीमा स्थानीय किसान, नगरपालिकाका जनप्रतिनीधि, कर्मचारी, जिल्ला कृषि विकास कार्यालय लगाएत विभिन्न सरकारी तथा गैरसरकारी निकायमा कार्यरत कर्मचारी रोपाइँमा सहभागी थिए । 

राष्ट्रिय धान दिवसका अवसरमा नारायण नगरपालिका र जिल्ला कृषि विकास कार्यालयले हाते ट्याक्टर, हिलो बनाउने र धान रोप्न मेसिन स्थानीय गहतारी फलफूल तथा कृषि सहकारी संस्थालाई उपलब्ध गराएको मेयर रत्नबहादुर खड्काले बताए ।

मेसिनहरु हस्तान्तरण गरेसँगै मेयर खड्काले नगरपालिकाले कृषिमा नयाँ प्रविधितर्फ जोड दिएको बताए ।दैलेख जिल्लाभर ६ हजार ५ सय १७ हेक्टरमा धान खेती गरिन्छ । सोमबारसम्म जिल्लाभर ३५ प्रतिशत रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलकप्रसाद पाण्डेले जानकारी दिए । समयमै पानी परेका कारण अहिलेसम्म ३५ प्रतिशत रोपाइँ सकिएको पाण्डेको भनाइ छ ।विगतका वर्षको तुलनामा यो वर्ष खडेरी नलागेका कारण समयमै रोपाइँ गर्न सहज भएको प्रमुख पाण्डेले जनाए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.