अर्घाखाँचीमा थप ३७ जनामा कोरोना संक्रमण
सन्धिखर्क : अर्घाखाँचीमा सोमबार ३७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र चितवनस्थित भरतपुर अस्पताल प्रयोगशालाको परीक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय विकले जानकारी दिए ।
संक्रमण हुनेमा भूमिकास्थान नगरपालिकाका २३ जना, शितगंगा नगरपालिका ११ जना, सन्धिखर्क नगरपालिका ३ जना रहेका छन् । योसँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३ सय चार पुगेको छ । हालसम्म ५० जना निको भएर घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस !
५