गीतमा बाबुछोरीको प्रेम
काठमाडौं : विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘म केही भन्छु’ सार्वजनिक भएको छ। डीआरको शब्द, नरहरि प्रेमी र सुम्निमा लोको स्वर तथा नरहरिकै संगीत रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो। यो गीत उपाध्यायको केही समयअघि सार्वजनिक एल्बम ‘अनुभूतिको मझेरी’मा समावेश छ।
उपाध्यायले वल्र्ड बुक्स अफ अमेरिका, अस्ट्रेलिया, लन्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन्। उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इन्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रकेर्ड, जिनस वल्र्ड रेकर्ड, एभरेस्ट वल्र्ड रकेर्डको प्रमाणपत्र प्राप्त गरेका छन्।‘कहिले बन्छ देश? ’
नेपालको समसामयिक घटना र वास्तविकतालाई ध्यानमा राखी तयार गरिएको गीत ‘कहिले बन्छ देश ? ’ सार्वजनिक भएको छ। गीतले भन्छ, ‘कहिले बन्छ देश मेरो कहिले बन्छ देश, फुुलिसक्यो केश मेरो फुुलिसक्यो केश’। एउटा व्यक्ति जन्मेर केश फुुलिसक्दा पनि देशको हालत उस्तै रहेको वास्तविकता गीतमार्फत झल्काउन खोजिएको छ।
बिग्रँदो देशको राजनीतिक परिस्थिति, भ्रष्टाचार, हिंसा, विभेद, गरिबी, अनियमितता र विभिन्न काण्डका बारेमा शब्द समेटेर तयार गरिएको गीतमा गायन रियालिटी सो ‘लोक स्टार’का गायक रामकुुमार नेपालीले स्वर दिएका छन् भने राजेश बर्देवाले संगीत गरेका छन्। मनोज केसी ‘समय’ले शब्द सिर्जना गरेको गीतमा स्वयं गायक रामकुुमारले अभिनय गरेका छन्। उनलाई बालकलाकार श्रेया गौतमले साथ दिएकी छन्। डीआर सुुजनको निर्देशन रहेको गीतमा रक कौशलको छायांकन तथा दीपक विष्टको सम्पादन छ।