कोरोनाबाट बचाउँदै जेम्स बोन्ड
एन्जलस : जेम्स बोन्ड सिरिजको नयाँ फिल्म ‘नो टाइम टू डाई’ मा हलिउड अभिनेता डेनियल क्रेग जासुसका साथै बाबुको भूमिकामा छन्। सूत्रका अनुसार फिल्ममा उनी दुनियालाई एक मिहामारीबाट बचाइरहेको देखिने छन्। डेलिमेल डट को डट यूकेका अनुसार, बोन्ड आफ्नी प्रेमिका डा. मेडलिन स्वानकी छोरीका बाबुको भूमिकामा छन्। मेडलिनको भूमिका फ्रेन्च अभिनेत्री ली सेडक्सले निर्वाह गरेकी छन्। बच्चीको नाम मेटहिल्ड हो।
यो खबर त्यतिबेला बाहिरियो जब यो फिल्मको कल सिट अनलाइन बिक्रीका लागि पठाइयो। फिल्म गत वर्ष सेप्टेम्बरमा दक्षिण इटलीमा खिचिएको हो। मेटहिल्डको भूमिका पाँच वर्षीय बाल कलाकार लिसाडोरा सनले निर्वाह गरेकी छन्। डेनियल यो फिल्म सरप्राइजिङ तथा मनोरञ्जनात्मक बनाउन चहान्थे र उनको चहाना पूरा भएको छ। यो नयाँ फिल्ममा बोन्डले मानवलाई जैविक महामारीबाट बचाउने छन्।
सूत्रका अनुसार यो विषय एकदम कोभिड १९ होइन तर यसकै समान र समसामयिक हो। नो टाइम टू डाई अप्रिल २०२० मा रिलिज हुनुपर्ने थियो तर कोरोना महामामरीका कारण यसको रिलिज अन्य फिल्म जस्तै सर्यो। अब यो फिल्म आगामी नोभेम्बरमा रिलिज हुने अपेक्षा गरिएको छ।