कपिलवस्तुमा सलहको बथान

कपिलवस्तुमा सलहको बथान

काठमाडौं : आइतबार साँझ भारतको सीमा क्षेत्र हुँदै नयाँ ठूलो बथानमा सलह प्रवेश गरेको छ। यसरी प्रवेश गरेको सलहको ठूलो बथान कपिलवस्तु प्रवेश गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीकाअनुसार कपिलवस्तुको तीन नगरपालिका कपिलवस्तु, शिवराज र बुद्घभूमि नगरपालिकाको विभिन्न जंगलमा ठूलो बथान छिरेको हो। उनका अनुसार यो बथानमा करिब १० लाख हाराहारी सलह छन्।

‘कपिलवस्तुमा प्रवेश गरेको सलहको बथान बिल्कुलै नयाँ हो’ प्रवक्ता केसीले भने ‘हालसम्मकै सबैभन्दा ठूलो बथानमा देखापरेको फिल्डबाट प्राविधिक कर्मचारीले रिर्पोटिङ गरेका छन्।’ कपिलवस्तुमा देखिएका बथानले स्थानीय कृषि र फलफूलका बालीलाई नोक्सान गर्न लागेको मन्त्रालयले जनाएको छ।

कपिलवस्तुमा आएको सलहलाई तत्काल नियन्त्रण गर्न गृह मन्त्रालयसँग सहयोग मागिएको छ। कपिलवस्तुस्थित जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलाई सहयोग गर्न पत्राचारसमेत गरेको छ। गृहले विपद् व्यवस्थापन प्राधिकरणमार्फत ड्रोन, दमकल वा ट्रयाक्टरमार्फत विषादी छर्केर नियन्त्रण गर्ने जानकारी दिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ।

मन्त्रालयकाअनुसार यसवाहेक मकवानपुरमा प्रवेश गरेको सलहले स्थानीय तहका कृषिबालीलाई असर पुर्‍याएको छ। भगाउँदा भाग्ने तर फेरि आएर रुख बिरुवामा गएर बस्ने गरेकाले स्थानीय किसान चिन्तित बनेको मन्त्रालयले जनाएको छ।

केसीकाअनुसार भारतको बिहार राज्यस्थित मधुवनी जिल्लासम्म सलहको ठूलो बथान आइपुगेकाले मधुवनी जिल्लासँग नजिक रहेको तराईको सिराहा, सप्तरी, धनुषा, महोत्तरीलगायत जिल्लामा पनि छिर्न सक्ने आँकलन गरिएको छ। उनले भने ‘बिहारको मधुवनी जिल्लासम्म ठूलो बथान आइपुगेको जानकारी छ। यस विषयमा प्रदेश सरकार र स्थानीय कृषि ज्ञान केन्द्रलाई तयारी अवस्थामा बस्न जानकारी गराइसकिएको छ।’

शनिबार बिहान रुपन्देहीको भैरहवा, पर्साको पर्सागढी गाउँपालिका, बाराको डुमनबारा र सर्लाहीको नवलपुरमा प्रवेश गरेको सलहको बथान आइतबार साँझसम्म सिन्धुली, धादिङ, चितवन, काभ्रे, काठमाडौंको टोखा, नवलपरासी, स्याङ्जा, मकवानपुर, लम्जुंग, पोखरा, उदयपुर, कपिलवस्तु, पाल्पासम्म तितरवितर भएर फैलिएको छ।

सोमबार थप कैलाली, पाँचथर, खोटाङ, गोरखालगायत स्थानमा फैलिइसकेको छ। यस्तै अर्घाखाँची, पश्चिम दाङ र प्युठानतर्फ पनि सलहको बथान पुगेको केन्द्रले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.