वडाध्यक्षमाथि कार्यालयमै रड र लाठी प्रहार
![वडाध्यक्षमाथि कार्यालयमै रड र लाठी प्रहार](https://annapurnapost.prixacdn.net/media/albums/kutpit_20200630083600_MPgPZqReM2.jpg)
दाङ : दाङको शान्तिनगर गाउँपालिकाका एकजना वडाध्यक्षमाथि कार्यालयमै आक्रमण भएको छ । उनीमाथि रड र लाठी प्रहार भएको दाङ प्रहरीले जनाएको छ । मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले रड र लाठी प्रहार गरेको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काका अनुसार वडाध्यक्ष डाँगीको टाउको र हातमा गहिरो चोट लागेको छ। १० जना जतिको समूहमा आएकाहरु कार्यालयमा प्रवेश गरी आक्रमण गरेको गाउँपालिका अध्यक्ष डाँगीले बताए। वडा अध्यक्ष डागीको राप्ती प्रदेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)