संकलन गरिएको ३६३ जनाको स्वाब डोल्पामै थन्कियो

संकलन गरिएको ३६३ जनाको स्वाब डोल्पामै थन्कियो

डोल्पा : डोल्पामा संकलन गरिएको स्वाब पठाउन नसकेपछि जिल्ला सदरमुकाम दुनैमा नै थन्किएको छ । सोमबार दुनै, जुफाल र त्रिपूराकोटमा संकलन गरिएको ३ सय ६३ जनाको स्वाब ढुवानी हुन नसकेपछि दुनैमा नै थन्किएको हो । 

सोमबार ३१ र ३२ वर्षका दुईजनाको रिपोट पोजिटिभ आएपछि एकै पटक ठुलो संख्यामा पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको र जहाजको उडान नभएपछि दुनैमा नै राख्नु परेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । कोरोना पोजिटिभ भएका दुबैजना जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हुन्। उनीहरुको कन्टयाक्ट ट्रेसिङमा परेका सयौं नागरिकको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । 

'जहाज आउन सकेन हेलीकप्टरको लागि पहल गरेका हौं । सकिएन । आज डिफ्रिजमा राखेका छौँ भोलि पनि जहाज नआएको खण्डमा पैदलमार्गबाटै भए पनि पठाउनुपर्ने हुन्छ', प्रमुख जिल्ला अधिकारी सुनारले बताए । एकै दिन ३ सय ६३ जनाको स्वाब संकलन भयो तर ढुवानीको ब्यवस्था नहुँदा जिल्लामा नै राख्नुपर्ने बाध्यता आएको स्वास्थ्य प्रमुख डाक्टर सिजन रावलले बताए । डाक्टर रावलले ७२ घण्टासम्म राख्न मिल्ने हो तर समयमा पठाउँदा राम्रो हुने भएकोले छिटो पठाउन पहल गरिएको तर नसकिएको बताए ।  उनले प्रदेश सरकारसँग समेत अनुरोध गरेको जानकारी दिए । 

जहाज, गाडीमा जिल्ला आएका र दुनैमा नै पोजिटिभ देखिएका सुरक्षाकर्मिको कन्टयाक्ट ट्रेसिङमा रहेका अन्य नागरिकको स्वाब संकलन भएको भए पनि स्वाब नेपालगञ्ज नगएपछि नागरिक झनै त्रसित भएका छन् । सुर्खेतमा भएको पिसिआर मेसिनमा समस्या आएकोले प्रदेश ५ बाँकेको भेरी अञचल अस्पतालमा डोल्पाको स्वाब परीक्षण हुने प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए । 

'जिल्लामा पहिलो पटक कोरोना पोजिटिभ भएको र ठुलो संख्यामा नागरिकको स्वाब संकलन गरिएको छ तर दुईदिन हुन लाग्दासमेत परीक्षण हुने ठाउँसम्म पुगेको छैन जिल्लाकै मन्त्री र माननीय भएको के काम', नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले आक्रोस ब्यक्त गरे । पीसीआरको रिपोट ढिला आउने भएपछि नागरिकहरु झनै अन्यौलमा रहेका छन् । प्रदेश सरकारले कुनै चासो नदिएको भन्दै नागरिकले विरोध गरिरहेका छन् । पीसीआरको रिपोट छिटो आएको खण्डमा नागरिकले ढुक्कसँग बस्न पाउने र थप सजग हुन सक्ने नागरिक समाज डोल्पाका अध्यक्षको दावी छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.