धुलिखेलमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

धुलिखेलमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु

धुलिखेल : लकडाउनको समयमा दिउँसै टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । धुलिखेल नगरपालिका-२ रबिओपीमा दिउँसो लोड लिएर जाँदै गरेका टिपरले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।

बनेपाबाट रबिओपि जाँदै गरेको बा ४ ख ६३८६ नम्बरको टिपरले अगाडि गुडिरहेको बा ३६प ५०५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार बेदप्रसाद कोइराला र गोवर्द्धन कोइरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । मृतक दुई जनाको शव बनेपामा रहेको शिरमेमोरियल अस्पतालमा राखिएको छ।

टिपर चाकल घटना भएलगत्तै फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा स्थानीयले अवरोध गरेका छन् । स्थानीयको अवरोधपछि उक्त स्थानमा कुनै पनि सावरी चल्न सकेका छैनन् । लकडाउनको समयमा नेपाल सरकारले दिउँसो टिपर चल्न नदिए पनि उक्त टिपर प्रहरीलाई छलेर गुडेको स्थानीयकाे भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.