दुई लाखभन्दा बढी रकमसहित सात जना जुवाडे पक्राउ
बेनी : म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलमा जुवा खालबाट दुई लाख रुपैयाँ भन्दा बढी नगद सहित सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार कालीपुलको गंगा शेरचनको घरबाट बुधबार साँझ उनीहरुलाई पक्राउ गरिएको हो।
निर्माण व्यावसायी महासंघ म्याग्दीका वरिष्ठ उपाध्यक्ष विपिन खड्का र सदस्य निरज भण्डारीसहित सात जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक किरनजंग कुँवरले बताए।
उनका अनुसार जुवा खालबाट दुई लाख २९ हजार १४५ रुपैयाँ नगद समेत बरामद भएको छ। अधिकांश व्यवसायी छन्। ‘खेल्ने र हेर्ने को को हुन भन्न पहिचान गरेर मुलुकी अपराध संहिता अन्तरगत मुद्दा चलाउछौ,’ उनले भने।