अमेरिकी संगीतमा अभिको चर्चा

अमेरिकी संगीतमा अभिको चर्चा

अमेरिका : कर्टिस वाटर्स नामले चिनिने नेपाली मूलका अभि बस्ताकोटी अहिले अमेरिकी संगीत क्षेत्रमा चर्चामा छन्। ‘स्टनिन’ शीर्षकको उनको गीत अहिले चर्चित बनेको छ। ‘स्टनिन’मा टिकटक पुस्तालाई लक्षित गरी बिच पार्टीको पपर्‍याप समेटिएको छ।

हालसम्म दुई लाख ८० हजारभन्दा बढी व्यक्तिले स्टनिनको टिकटक भिडियो बनाइसकेका छन्। यी भिडियो हेर्नेको संख्या करोड नाघिसकेको छ। कर्टिसको आफ्नै युट्युब च्यानलमा पनि हालसम्म २० लाख दर्शकले सो भिडियो हेरेका छन्।

टिकटकमा सर्वाधिक चर्चा बटुलेको ‘स्टनिन’ मे १९ मा सार्वजनिक भएपछि गत साता यसले विश्वको चर्चित डिजिटल म्युजिक प्लाटफर्म स्पोटिफाईमा पनि कीर्तिमान कायम गर्‍यो, अहिले पनि टप हिट्समा छ। ‘स्टनिन’ले अझै पनि दैनिक स्पोटिफाईमा सात लाखभन्दा बढी भ्युअर पाउँदै आएको छ। हालसम्म स्पोटिफाईमा एक करोड ५० लाख स्ट्रिमिङ भइसकेको छ भने कर्टिसका स्पोटिफाईमा मासिक श्रोता पनि झन्डै ३५ लाख भएका छन्।

‘स्टनिन’ टिकटकमा भाइरल हुन थालेपछि नेगोसिएसनको प्रकृति पनि परिवर्तन भएको छ। ‘अधिकांश कम्पनीले टिकटकको हिट हेरेर मलाई फोेन गरिरहेका छन्’, कर्टिस भन्छन्, ‘मेरा बाँकी एल्बमका बारेमा उनीहरू केही सुन्न चाहँदैनन्। यस्तो कुरा बुझ्नेचाहिँ क्रिस हुन् भन्ने मलाई लाग्छ।’ क्रिसले कर्टिसलाई तीनवटा एल्बमका लागि डिल गरेर निश्चित समयावधि तोकी उनका म्युजिकलाई व्यावसायिक रूपमा प्रमोसन गर्ने भएका छन्।

स्पोटिफाईको ग्लोबल भाइरल लिस्टमा पनि उनी विगत तीन हप्तादेखि दुई नम्बरमा छन्। अमेरिकी चर्चित म्यागेजिन रोलिङस्टोनले पनि उनको फिचर गरको छ भने टुडे म्यागाजिनले ‘संगस् अफ समर–२०२०’को सूचीमा लेडी गागा लगायतका चर्चित कलाकारका गीतसँगै कर्टिसको ‘स्टनिन’लाई पनि समावेश गरेको छ।

कर्टिस वाटर्स नामले चिनिने अभि बस्ताकोटी नेपालमा जन्मिएका हुन्। हाल उनी आफ्ना बुवाआमासँग अमेरिकाको नर्थ क्यारोलाइनामा बस्दै आएका छन्। उनले ६ वर्षदेखि संगीत क्षेत्रमा काम गर्दै आएका छन्। कर्टिसले ‘स्टनिन’ सार्वजनिक गर्नुअघि अप्रिलको पहिलो साता आफ्नो भाइसँग मिलेर पहिलोपटक टिकटक भिडियो सार्वजनिक गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.