चट्याङले हजुरबाको मृत्यु, नातिनी घाइते

चट्याङले हजुरबाको मृत्यु, नातिनी घाइते

राजविराज : वर्षासँगै परेको चट्याङले सप्तरीको डाकनेश्वरी नगरपालिकामा बिहीबार एक वृद्धको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन्।

खेतमा हलो जोत्न गएका डाकनेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहाका ७० वर्षीय धर्मी साहको घटनास्थलमै मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए। मिश्रका अनुसार खेतमा हलो जोत्न गएका साहको चट्याङ लागेर मृत्यु भएको हो।

खेत जोतिरहेका बेला पानीसँगै बिजुली चम्किन थालेपछि साह रुख मुनी ओत लागेका थिए। रुखमा ओत लागेर बसेका साहको चट्याङले लागेर मृत्यु भएको उनका छोरा तेजनारायण साहले बताए। हजुरबुवासँगै खेत गएकी १६ वर्षीया कञ्चनाकुमारी साहलाई समेत करेण्टको झट्का लागेको छ। चट्याङले ढलेका हजुरबुवालाई उठाउन खोज्दा उनलाई समेत करेण्टको झटका लागेको कञ्चनाले बताइन्। कञ्चनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ।

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय, कल्याणपुर सप्तरीको टोलीले पोष्टमार्टमका लागि शवलाई राजविराज ल्याउने तयारी गरिरहेको जनाएको छ।

चट्याङ लागेर बिहीबार बारामा ४ तथा सप्तरी र सर्लाहीमा एक/एक जना गरी ६ जनाको मृत्यु भएको प्रदेश २ का प्रहरी प्रवक्ता डिएसपी मिश्रले जानकारी दिए। यसैगरी बारामा ७ तथा सप्तरी र सर्लाहीमा एक/एकजना गरी नौ जना घाइते भएका छन्। घाइते सबैको उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.