दार्चुलामा सशस्त्रका तीन बीओपी थपिए

दार्चुलामा सशस्त्रका तीन बीओपी थपिए

दार्चुला : सशस्त्र प्रहरीले दार्चुलाका तीन ठाउँमा बोडर आउट पोष्ट (बीओपी)को उद्घाटन गरेको छ। भारतसँग सीमा जोडीएका क्षेत्र लेकम गाउँपालिका- ३ लाली, मालिकार्जुन गाउँपालिका-७ जौलजीवी र व्यास गाउँपालिका-२ दुम्लीङ गरेर तीन ठाउँमा सशस्त्र प्रहरी सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी हरिशंकर बुढाथोकीले उद्घाटन गरेका हुन्।  

डीआईजी बुढाथोकीले मालिकार्जुन र लालीमा स्वयम् उपस्थित भएर उद्घाटन गरेका थिए भने दुम्लीङमा भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन गरेको सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका गुल्मपति डम्बर बहादुर विष्टले जानकारी दिए। विष्टका अनुसार तीनवटै बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को नेतृत्वमा २०/० खटाइएको छ। 

दार्चुला जिल्लामा पछिल्लो समय छाङरु, लाली, जौलजीवी र दुम्लीङ गरेर ४ ठाउँमा नयाँ सशस्त्र प्रहरीका बीओपी उद्घाटन भएका छन्। 

सीमा क्षेत्रमा सशस्त्रको उपस्थितिले त्यहाँका बासिन्दाहरु उत्साहित भएका छन्। कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बुढाथोकीले सशस्त्रले पाएको सीमा सुरक्षा जिम्मेवारी २४ सै घण्टा दिने बताए। 

उद्घाटन कार्यक्रममा शुभकामना दिँदै मालिकार्जुन गाँउपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले नेपाल सरकारले सीमा रक्षाका साथसाथै सीमामा हुने अपराधि गतिविधि चोरी निकासीलाई कम गर्न  बीओपी स्थापनाका लागि गरिएको निर्णय समाजका लागि सकारात्मक रहेको बताए। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.