भारतले टिकटक बन्द गरेपछि अमेरिका खुसी

भारतले टिकटक बन्द गरेपछि अमेरिका खुसी

वासिंटन : टिकटक लगायत ५९ वटा चिनियाँ  एपमाथि भारतले प्रतिबन्ध लगाएको कामको अमेरिकाले प्रशंसा गरेको छ ।

बिहीबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले भारतको कदमको स्वागत गरेका हुन् । टिकटक लगायत चिनियाँ एप्क चिनियाँ कम्युनिष्ट पार्टीको जासूसी अंगको रुपमा रहेको अमेरिकी भनाइ छ ।

पोम्पिओले चिनियाँ मोबाइल एपहरुमाथि बन्देज लगाउने भारतीय कदमको स्वागत गरे । साथै एप प्रतिबन्धको निर्णयले गर्दा भारतको अखण्डता, र राष्ट्रिय सुरक्षालाई बलियो बनाउने पोम्पिओले बताएका थिए ।

भारतले यही सोमबार टिकटक, वि च्याट, विबो लगायत ५९ वटा चिनियाँ एप्सलाई प्रतिबन्ध लगाएको थियो । भारतमा टिकटकका १२ करोड प्रयोगकर्ता छन् । जहाँ टिकटक बन्द गरिदिएपछि टिकटकको व्यवसायमा असर पर्ने टिप्पणी हुन थालेको छ । यससँगै अमेरिकामा पनि टिकटकमाथि प्रतिबन्ध लगाउने कुरा उठ्न थालेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.