बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर

बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर

मलंगवा : बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा लिटिल बुद्ध भनेर चिनिने तपस्वी रामबहादुर बम्जनलगायत तीन जनाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुदा दायर भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका-१३ पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तपस्वी रामबहादुर बम्जन भनेर चिनिने रामलाल बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर भएको जिल्ला न्यायधिवक्ता केशव प्रसाद गौतमले जानकारी दिएका छन्।

प्रतिवादी बम्जनलाई लुकाउन छिपाउनमा सहयोग गरेका मतियार उनका सहयोगी तोक्तेङ महात्मा गुरु भन्ने ज्ञानकुमार बम्जन र जेबी गुरु भन्ने जीतबहादुर तामाङविरुद्ध पनि मुद्दा दायर भएको हो। बम्जनले २०७३ साल साउन २० गते राति करिब सवा ९ बजेको समयमा आश्रमस्थलमै आनी बनेर बसेकी एक बालिकालाई विभिन्न किसिमको प्रलोभन देखाइ जबर्जस्ती करणी गरेको आरोप छ। घटना भएको समयमा बालिका नाबालिक रहेको थियो। उनको उमेर १५ वर्ष मात्र थियो। १८ वर्ष भएपछि २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।

प्रहरीले सर्लाही, सिन्धुलीलगायतका आश्रममा बम्जनको खोजी गरे पनि उनी फेला पर्न सकेन्। बम्जन पक्राउ नपरेपछि प्रहरीले केही दिन पहिले अनुसन्धान प्रतिवेदनसहितको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा पेश गरेको थियो। सरकारी वकिल कार्यालय मार्फत बम्जनविरुद्ध बिहीवार अदालतमा मुद्दा दर्ता गरिएको न्यायधिवक्ता गौतमले जानकारी दिएका छन्। बम्जनविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ को ६६ को ३ ले यौन सुखका लागि बालबालिकालाई प्रयोग गर्ने/गराउने, बाल यौन शोषण गर्ने गराउने कसुर गर्‍यो भने दफा ७२ को ३ को ६ ले प्रचलित कानुन बमोजिम जबर्जस्ती करणीको कसुरमा कसुरदारलाई सजाय हुनेछ, त्यही बमोजिम हामीले मौलिक अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ को ग बमोजिम १४ वर्षभन्दा बढी र १६ वर्ष भन्दा कम उमेरको बालिका भए १२ देखि १४ वर्षसम्म कैदको माग दाबीसहित मुद्दा दायर गरिएको न्यायधिवक्ता गौतमले बताए। उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी नै रहेको र बम्जनसहित उनका दुई मतियारसमेत फरार रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.