रिपोर्ट नआएपछि घरतिर

रिपोर्ट नआएपछि घरतिर

सुर्खेत : प्रदेश अस्पताल सुर्खेतमा रहेको पीसीआर मेसिन बिग्रिएपछि कोरोना परीक्षणमा समस्या भएको छ। आरटी पीसीआर मेसिन गत हप्ता बिग्रिएसँगै पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा सञ्चालित स्वाब परीक्षण पनि रोकिएको छ।

यससँगै पीसीआर रिपोर्टको प्रतीक्षामा क्वारेन्टाइन बसेका स्थानीय घर भाग्न थालेका छन्। रिपोर्ट आउन ढिलाइपछि सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको एक क्वारेन्टाइनमा बसेका ६९ जना एकै पटक घर गएका हुन्। नगरपालिका–२ स्थित आधारभूत विद्यालय लाहाघाटको क्वारेन्टाइनमा बसेका उनीहरू बिहीबार दिउँसो सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दै घर गएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वासु पोखरेलले बताए।

यसअघि पनि सुर्खेत बराहताल गाउँपालिका र दैलेखमा क्वारेन्टाइनमा बसेका नागरिक महिना दिनसम्म पीसीआर रिपोर्ट नआएको भन्दै भागेका थिए। वीरेन्द्रनगरका एक व्यक्तिमा कोरोना पुष्टि भएको हप्तादिन पुग्न लाग्दा पनि उनका परिवारको पीसीआर परीक्षण हुन सकेको छैन।

‘हाम्रो स्वाब संकलन गरेको चार दिन भइसकेको छ तर रिपोर्ट आएको छैन’, संक्रमितका परिवारजनले भने, ‘रिपोर्ट आउन ढिलाइ भएपछि समुदायको बहिष्कार सहनुपरेको छ।’

सुर्खेतमा एक्सट्याक्सन गरिएका नमुना मास्टर मिक्सिङ र रिडिङका लागि नेपालगन्ज पठाउनुपर्ने बाध्यता छ। प्रदेश अस्पताल सुर्खेतका सूचना अधिकारी विनोद बस्नेतले भने, ‘हामीले सप्लायर्स कम्पनीसँग निरन्तर सम्पर्क गरेका छौं तर नेपालमा मेसिन बनाउने इन्जिनियर पाइएको छैन।’ उनका अनुसार सप्लार्यस कम्पनीले भारतबाट इन्जिनियर ल्याउने भने पनि हवाई उडान नहुँदा समस्या भएको हो। 

रिपोर्ट आउन ढिलाइ भएपछि सल्यानको बनगाड कुपिन्डे नगरपालिकाको एक क्वारेनटाइनमा बसेका ६९ जना बिहीबार दिउँसो सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दै भागेका छन्।

प्रदेश अस्पतालले खरिद गरेको नयाँ मेसिन पनि सिंगापुरमै रोकिएको छ। हेलिक्स इन्टरप्राइजेजमार्फत अमेरिकाबाट खरिद गरेको आरटी पीसीआर मेसिन सिंगापुरमा रोकिएको हो। अस्पतालले भ्याटबाहेक २४ लाख ९० हजारमा नयाँ मेसिन खरिद गरेको छ।

कर्णाली प्रदेशमा कोरोना प्रतिकार्यमा झन्डै ९ करोड बजेट खर्च भएको छ। कोरोना प्रतिकार्यका लागि प्रदेश सरकारले छुट्याएको १६ करोड २५ लाख रुपैयाँमध्ये असार ५ गतेसम्म झण्डै नौ करोड अर्थात् आठ करोड ९९ लाख ४८ हजार दुई सय रुपैयाँ खर्च भएको हो। जसमध्ये औषधि खरिदमा ६८ लाख ३१ हजार, पूर्वाधार निर्माणमा दुई करोड १८ लाख ८७ हजार, जनशक्ति व्यवस्थापनमा ५३ लाख ४५ हजार, प्रवद्र्धनात्मक कार्यमा १४ लाख ३४ हजार र प्रशासनिक, खाना, खाजा र हेल्थडेक्स स्थापनामा ५४ लाख ७८ हजार रुपैयाँ खर्च भएको छ।

कोरोना प्रतिकार्यका लागि सामाजिक विकास मन्त्रालयले प्रदेशभरका १७ अस्पताललाई बजेट उपलब्ध गराएको थियो। जसमा कोरोना विशेष अस्पतालका रूपमा तोकिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी अस्पताल रुकुमपश्चिमले शतप्रतिशत बजेट खर्च गरिसकेका छन्।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतबाट पीसीआर परीक्षण हुँदै आएको थियो। केही दिनयता रुकुमको चौरजहारी नगरपालिका र दैलेखको नारायण नगरपालिकाले पनि पीसीआर मेसिनसहित ल्याब सञ्चालनमा ल्याएका छन्। तर कर्णालीमा लकडाउन फितलो भएसँगै कोरोना परीक्षण पनि सुस्त छ। मेसिन जडान गरिए पनि आवश्यक जनशक्ति नहुँदा पीसीआर परीक्षण सुस्ताएको हो।

दैलेखमा जडान गरिएको पीसीआर मेसिनले मान्यता पाएको प्रयोगशालाका इन्चार्ज शंकर शाहीले बताए। पीसीआर मेसिन जडान तथा भ्यालिडेसन सफल भएपछि पहिलो परीक्षण गरेर रिपोर्ट आएसँगै पुःन परीक्षणका लागि नेपालगन्जस्थित प्रयोगशालामा पठाइएको थियो। पहिलो परीक्षणका लागि १०–१० जनाको रिपोर्ट दुवै प्रयोगशालामा एउटै देखिएपछि राष्ट्रिय जनस्वास्थ्य टेकुले दैलेखको मेसिनलाई मान्यता दिएको छ। दैलेखमा एक सय १४ जनाको पीसीआर परीक्षण गरिएकोमा नौ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.