बझाङमा पहिरोले १७ घर पुरिए, ७ जनाको मृत्यु

बझाङमा पहिरोले १७ घर पुरिए, ७ जनाको मृत्यु

बझाङ : बझाङमा शुक्रबार राती पहिरो जाँदा केदारस्यूँ गाउँपालिका ८ मल्लेस गाँउमा १७ घर पहिरोमा पुरिएका छन् भने ७ जनाको मृत्यु भएको छ। शनिबार बिहान स्थानीय र सुरक्षाकर्मीले पहिरोमा पुरिएका लास निकालेका छन् । 

आफ्नै घरभित्र पुरिएको अवस्थामा ४० वर्षीय राममती जेठारा, उनका छोरा ११ वर्षीय प्रयागराज र छोरी ७ वर्षीया अस्मिताको लास निकालेको घटना स्थलबाट प्रहरी असै रायभान सिंह एरीले बताए। उनका अनुसार ८० वर्षका दले जेठाराको पनि लास भेटिएको छ। पहिरोमा पुरिएका अन्य सन्तु जेठारा, गिरीजा जेठारा र लक्ष्मी जेठाराको खोजी कार्य भइरहेको उनले बताए। 
 

'राती अविरल वर्षासहित गाउँमाथिबाट अलिअलि पहिरो आएको जानकारी भएपछि हल्लाखल्ला गरेर राती नै घरबाट बाहिर निस्कियौं', स्थानीय सुरेश जेठाराले भने, 'उनीहरु भाग्न नसकेर पहिरोमा पुरिए।'

पहिले १८ घरमा पूर्ण क्षति भएको छ। 'राती सुतेको अवस्थामा एकाएक पहिरो आउँदा बाँच्नै मुस्किल भयो', सुरेशले भने, 'सबै घरको धन सम्पती गाइ भैंसी बाख्रा पनि पुरिंदा  गाँउ नै शोकमा छ। गाँउमाथि सामुदायिक वन पालेको थियो। यसरी पहिरो आउला भनरे सोचेकै थिएनौं।'

अहिले पनि गाउँमा पहिरो बग्न रोकिएको छैन। गाउँ जानलाई खोला तर्नु पर्ने भएकाले समस्या छ। यो गाँउमा ४० परिवारको बसोबास छ। यस घटनामा क्षति भएका पीडित परिवारलाई राहात दिनका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको प्रतिनिधिसभा सदस्य आशा विकले बताइन्। 'अहिले मृतकलाई निकाल्ने काम भइरहेको छ', प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले भने, 'अरु क्षतिको विवरण लिन बाँकी छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.