बैतडीमा कोरोना संक्रमितको संख्या २७५ पुग्यो

बैतडीमा कोरोना संक्रमितको संख्या २७५ पुग्यो

बैतडी : बैतडीका कोरोना संक्रमितको संख्या २ सय ७५ पुगेको छ। जिल्लाको दशरथचन्द नगरपालिका ११ का ३० वर्षीया एक महिलामा शनिबार कोरोना पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या २ सय ७५ पुगेको हो । 

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। ती महिला भारतबाट फर्किएका र उनको आरडिटी रिपोटसमेत पोजिटिभ आएको थियो। संक्रमण पुष्टि भएका ती महिला क्वारेन्टाइनमा बसिरहेका र छुट्टै आइसोलेट गर्ने तयारी भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। संक्रमित महिलाको अवस्था सामान्य रहेको छ। योसँगै दशरथचन्द नगरपालिकामा संक्रमितको संख्या ३४ पुगेको छ।  

२ सय ७५ जनामा कोरोना पुष्टि हुँदा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ५० जना संक्रमित रहेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । यस्तै शिवनाथ गाउँपालिकाका ४८, दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ३६ , दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २४, सुर्नया गाउँपालिकाका १४, पाटन नगरपालिकाका १२, डिलाशैनी गाउँपालिका र पुर्चौंडी नगरपालिकामा ७-७ जनामा संक्रमण पुष्टी भएको छ।

संक्रमितमध्ये ७२ जनामात्रै आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका अन्य २ सय ३ जना घर फर्किसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.