डान्सिङ बिटमा ‘डबल पारेर’

डान्सिङ बिटमा ‘डबल पारेर’

काठमाडौं : नारायण थापाको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ। यसमा बाबुल गिरीको शब्द तथा संगीत छ। ‘डबल पारेर’ बोलको गीत डान्सिङ बिटमा तयार पारिएको छ।

सन्तोष राजवाहकको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा कमल सिंह र एलिसा राई फिचर्ड छन्। ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। भिडियो आभूषण इन्टरटेनमेन्टको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो।

नारायणको स्वरमा यसभन्दा पहिले थुप्रै गीत सार्वजनिक भइसकेका छन्। मुनामदन, कुनै दिन त भेट होला, तिम्रो मुटु मेरो मुटुजस्ता गीतलाई दर्शक श्रोताले रुचाएका छन्।

‘घर बिगारा २’

विश्व अहिले कोरोना भाइरसको महामारीमा फसेको छ। यो अवस्थामा पीडा सबैलाई भए पनि आफ्नो देशको चिन्ता अलि बढी सबैलाई हुने गर्छ। हाम्रो देश नेपाल, जहाँ गरिबीको कारणले धेरै नेपाली बिदेसिन बाध्य छन्। राज्यले बेरोजगारी समस्या समाधान गर्नुको सट्टा अहिलेको संक्रमणको घडीमा बाध्यतावश परदेसिएका नेपालीलाई उद्धार गर्नसमेत नसकिरहेको गुनासा आएका छन्।

यी र यस्तै परिस्थिति समेट्दै नेपाली गीतसंगीतको क्षेत्रमा बेलाबखत विभिन्न गीत आइरहेका हुन्छन्। सोही क्रममा भर्खरै मात्र असंख्य  श्रोता तथा दर्शकको रोजाइमा समाजको वास्तविक जीवन भोगाइलाई आधार बनाइएको ‘घर बिगारा २’ गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।

गायक सञ्जय  श्रीपालको आवाज रहेको गीत बजारमा आएसँगै चर्चाको शिखरमा छ। विदेशमा धन कमाउन गएका श्रीमान्लाई श्रीमतीले घात गर्दाको पीडा गीतमा समेटिएको छ। सञ्जय श्रीपालको शब्द तथा लय सिर्जना गीतमा छ। रामु विरहीको छायांकन तथा मनोज कार्कीको सम्पादन र सञ्जय श्रीपालीको निर्देशन भिडियोमा रहेको छ। ‘घर बिगारा २’मा सञ्जय श्रीपाल, कुशल सुनार, पुष्पा रसाइली, प्रेम सिंह र चम्पा देवीको अभिनय छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.