पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
कालिकोट : जिल्लाको खाडाचक्र नगरपालिकाको जिते बजार नजिकैको भीरबाट पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्व भएको छ । शनिबार रातिबाट परेको वर्षाका कारण आइतबार बिहान आएको पहिरोले राजमार्ग अवरुद्व भएको हो । हुल्म प्रहरी चौकीका इन्चार्ज मीनबहादुर बमका अनुसार अवरुद्व राजमार्ग खुलाउन डोजरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ ।
पहिरो आसपासमा दैनिक उपभोग्य सामान बोकेका ट्रक तथा अन्य गाडीहरु रोकिएका छन् । उनले भने, नीकै कडा चट्टानबाट फुटेको पहिरो वर्षा नरोकिए पुन आउन सक्ने अवस्था छ । बिहानैबाट पहिरो पंछाउन प्रहरीको टोली, सडक विभागका मजदुरहरु पनि लागि परेका छन्।