साउदीबाट उडे  २७ सय अलपत्र नेपाली

साउदीबाट उडे  २७ सय अलपत्र नेपाली

साउदी : साउदी अरेबियामा कोभिड १९ भाइरसको प्रभावबाट अलपत्र परेका नेपाली स्वदेश फिर्ता हुने संख्या बढ्दो छ। हालसम्म  २७ सय २ जना स्वदेश फिर्ता भएका छन् । स्वदेश फिर्ताको लागि अनलाइन र टेलिफोनबाट लगभग २५ हजारभन्दा बढीले फारम भरेका छन् । 

साउदी अरेबिया स्थित नेपाली दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले कोभिड १९ को प्रभावबाट अलपत्र परी स्वदेश फिर्ता हुने  ६ हजार ५ सय ७७ जना नेपालीको नामावली सार्वजनिक गरेको छ। स्वदेश फिर्ता हुने नेपालीको संख्या बढेको आधारमा  साउदीबाट नेपालको लागि चार्टर उडान पनि बढेको छ । 

नेपाल एरलाइनसले साउदीको रियाद, जेद्धा र दमाम शहरबाट उडान सुरु गरेको छ भने हिमाल एरलाइनसले दमाम शहरबाट आफ्नो उडान सुरु गर्दै आएको छ । साथै मृत्यु भएका नेपालीको शव पनि चार्टर उडानबाट स्वदेश फिर्ता  हुन थालेका छन् । हालसम्म  मृत्यु भएका १५० मध्ये  ३८  शव स्वदेश फिर्ता भएका  छन् । 

साउदीमा दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दो छ । साउदी स्थित नेपाली राजदुतावासका  राजदुत डा महेन्द्र राजपूत सिंहले कोरोनाबाट मृत्यु भएका परिवार र कोरोना सहयोग कोषका लागि नेपाली  १ लाख रूपैयाँभन्दा बढी सहयोग गरेका छन् भने लामो समयदेखि दुतावास सेल्टरमा रहेकी १ महिलालाई अमर सापकोटाको नेतृत्वमा संस्थागत रूपमा हवाइ टिकट उपलब्ध भएको थियो । साथै कोरोना भाइरसबाट प्रभावित भएर पीडित बनेका नेपालीलाई साउदीमा रहेका भातृसंगठन एन आर एन लगायत विभिन्न सामाजिक संघसंस्थाले खाधान्य लगाएत सहयोग गर्दै आएका छन् । 

साउदी सरकारले थप ६९ जना नेपालीको लागि बहिर्गमन भिषा जारी गरेको छ भने हालसम्म बहिगर्मन भिषा पाउने नेपालीको संख्या २ सय ४  पुगेको छ  । साउदीमा कोरोना तीव्र रुपमा फैलिएको छ । यसबाट हालसम्म २ लाख ५ हजार ९ सय २९ संक्रमित भएका छन् भने १ लाख ४३ हजार २ सय ५६ जना निको भएका छन् । साथै १८ सय ५८ जनाको मृत्यु भएको छ । भाइरसबाट  यति धेरै संख्यामा संक्रमित हुने साउदी  पहिलो खाडी राष्ट्रसमेत बन्न पुगेको छ  ।

हालसम्म स्रोतका अनुसार यस भाइरसबाट ४ हजार बढी नेपाली संक्रमित भएका छन् भने ३० भन्दा  बढीको मृत्यु भएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.