अछाममा बाढी-पहिरोको त्रास

अछाममा बाढी-पहिरोको त्रास

अछाम : वर्षा सुरु भएसँगै अछाममा बाढीपहिरोको त्रास बढेको छ । नदी र खोलाको आसपासमा बाढी त्रास छ भने भीरपाखामा पहिरोको डर छ । शनिबार रातीदेखि परेको वर्षाका कारण विभिन्न ठाउँमा पहिरो गएको छ भने नदी र खोलामा बाढी आएको छ । जताततै पहिरो गएपछि ग्रामीण सडक अवरुद्ध भएका छन् । 

जिल्लामा केही ठाउँमा पहिरो र बाढीको खबर आएपनि अप्रिय घटना नघटेको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए । उनले भने, 'केही ठाउँमा पहिरोले खेत बगाएको खबर पाएका छौ, शनिबार रातीदेखि परेको पानीले धेरै ठाउँमा बाढी र पहिरोको आएको तर कुनै त्यस्तो क्षति र घटना भएको छैन ।'

शनिबार रातीको वर्षाले मेल्लेख गाउँपालिकाको ४ को दलित बस्तीको ८ घर पहिरोको उच्च जोखिममा परेको खबर प्राप्त भएको अध्यक्ष लोकबहादुर बोहराले बताए ।  साँफेबगर नगरपालिकाको बुढीगंगा र छिपे खोलामा आसपासका बासिन्दाको वर्षा सुरुभएपछि निन्द्रा हराएको छ।दिगो तटबन्धको लागि कसैले पनी ध्यान नदिँदा बर्षेनि बाढीको समस्या भोग्नु परेको गुनासो स्थानीयको छ ।

लगातारको वर्षाले बुढीगंगा नदीमा बाढी आएको छ । नदीमा बाढी आएपछि स्थानीय त्रसित बनेका छन् । स्थानीय कविता आउजीले भनिन्, 'राती डर लाग्छ, साना छोरा छोरी छन्।बाढी घरको आँगनसम्म आइपुगेको छ ।वर्षा सुरुभएपछि राम्रोसँग सुत्नै पाउदैनौ ।'
 

नयाँ सहर आयोजनाले बनाउँदै गरेको सडकमा गएको पहिरो।तस्बिर : गीता कुँवर ।

नदीले बर्षेनि यहाँको खेतियोग्य जमिन कटान गर्दै आएको छ। २०६३ सालमा आएको बाढीले साँफेबगर क्षेत्रको करिब ३ सय रोपनी भन्दा बढी खेती योग्य जमिन बगायो ।  सो क्षेत्र अहिले बगर बनेको छ । २०४० मा आएको बाढीले एयरपोर्ट नै बगाएको थियो । आसपासको करिब ४ सय रोपनी जमिन बगाएको थियो । 

अहिले पनि पूर्वबाट छिपेखोला,पश्चीमबाट प्रभाली खोला र उत्तरबाट बग्ने बुढीगंगा नदीले बर्षेनि खेतीयोग्य जमिन कटान गर्दै आएको स्थानीय शिलोज कुँवरले बताए । उनले भने, 'तटबन्धनका नाममा तारजाली हाल्ने काम मात्र हुन्छ,त्यो प्रत्येक वर्ष बाढीसँगै बगेर जाने गर्दछ । बाढी र पहिरोले कहाँ कति क्षति भन्ने लेखाजोखा नै छैन,विपद्मा राहत बाड्ने काम बाहेक अन्य पूर्व तयारी केही पनि छैन ।'

जथाभावी खोला र नदीमा उत्खनन् हुने गरेकाले पनि बाढीको जोखिम बढेको छ । साँफेबगर नगरपालिकाको कार्यालय र एयरपोर्टलगायत सयौं घरहरु समेत जोखिममा रहेका छन् ।जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाले गरेको सर्भेअनुसार पहिरोको जोखिम बढेको छ । यहाँका २० बस्ती पहिरोको जोखिममा छन्। 

६१ भन्दा बढी बस्तीलाई प्रभावित क्षेत्रका रूपमा राखिएको छ । सो योजना अनुसार १७ हजार ४ सय ७६ घरधुरी प्रभावित सूचीमा छन् । त्यस्तै, जिल्लाका ६७ विद्यालय, १५ स्वास्थ्य संस्था, १ सय ३२ खानेपानीका धारा, ४८ कुलो, २१ पानीघट्ट र १४ लघु जलविद्युत् आयोजना पहिरोको उच्च जोखिममा रहेको प्रतिकार्य योजनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.