बैतडीमा कोरोना संक्रमितको संख्या २८२ पुग्यो

बैतडीमा कोरोना संक्रमितको संख्या २८२ पुग्यो

बैतडी : जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ८२ पुगेको छ। आइतबार थप ७ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या २८२ पुगेको स्वास्थ्य कार्यालयका कोभीड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।

देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ८ महिने शिशुसहित थप सात जनामा कोरोना पुष्टि भएको उनले बताए। पुर्चौडी नगरपालिकाका ८ महिने शिशु, मेलौली नगरपालिकाका १ महिला र २ पुरुष गरी ३ जना, सिगास गाउँपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। 

संक्रमण पुष्टि भएका सबै नागरिक भारतबाट फर्केका र उनीहरुको आरडीटी रिपोर्ट समेत पोजिटिभ रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। संक्रमण पुष्टि भएकाहरुलाई छुट्टै आइसोलेसनमा बस्न सुझाव दिइएको उनले बताए।

२ सय ८२ जनामा कोरोना पुष्टि हुँदा सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकामा ५० जना संक्रमित रहेका छन्। यस्तै शिवनाथ गाउँपालिकाका ४८ , दोगडाकेदार गाउँपालिकाका ४३, सिगास गाउँपालिकाका ३९ , दशरथचन्द नगरपालिकाका ३४, मेलौली नगरपालिकाका २७,सुर्नया गाउँपालिकाका १४,पाटन नगरपालिकाका १२, डिलाशैनी गाउँपालिकाका ७ र पुर्चौंडी नगरपालिकाका ८  जनामा संक्रमण पुष्टि भएको छ। 

संक्रमितमध्ये धेरै जसो १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किसकेका स्वास्थ्य कार्यालयले जनाएको छ। रिपोट ढिलो आउँदा उनीहरु रिपोट नआउँदै घर फर्केका स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिए। उनले भने, ‘समयमा रिपोट नआउँदा १४ दिन क्वारेन्टाइनमा बसी कुनै लक्षण नदेखिएका नागरिक होम क्वारेन्टाइनमा बसीरहेका छन्।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.