बायर्न म्युनिख च्याम्पियन

बायर्न म्युनिख च्याम्पियन

लन्डन : जर्मन कप फुटबलको उपाधि जर्मन महारथी बायर्न म्युनिखले जितेको छ। शनिबार राति भएको फाइनलमा बायर्नले वायर लिभरकुसनलाई उसैको मैदानमा ४-२ गोलले हरायो। साविक विजेतासमेत रहेको बायर्नको यो २०औं जर्मन कप उपाधि हो। बायर्न हालै मात्र बुन्डेस लिगा च्याम्पियन बनेको थियो।

बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा डेभिड अल्वा र सर्जी जिनाब्रीले एक÷एक गोल गरेका थिए। लिभरकुसनका लागि स्भेन वेन्डर र काई हाभर्टजले एक÷एक गोल फर्काएका थिए।

खेलको सुरुआतदेखि नै आक्रामक देखिएको बायर्नले १६औं मिनेटमा डेभिड अल्वाको गोलमा अग्रता लिएको थियो। सर्जीले २४औं मिनेटमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाएका थिए। त्यसपछि रोवर्ट लेवान्डोस्कीले ५९औं र ८९औं मिनेटमा लगातार दुई गोल गर्दै बायर्नको उपाधि पक्का बनाए। यसअघि लिभरकुसनका वेन्डरले ६४औं मिनेटमा गोल गरेका थिए। लिभरकुसनका हाभर्टजले दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत अर्को गोल फर्काए पनि टोलीको हार टार्न सकेनन्।

२७ वर्षपछि फाइनलमा पुगेको लिभरकुसनले पहिलो हाफमा केही राम्रा अवसर खेर फालेको थियो। सन् १९९३ मा च्याम्पियन बनेको लिभरकुसन यसअघि सन् २००२ र २००९ मा पनि फाइनलमा पुगेको थियो। तर २४औं पटक फाइनल खेलेको बायर्नसामु लिभरकुसनको केही लागेन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.