स्थानीय तहको प्राथमिकता सडक

स्थानीय तहको प्राथमिकता सडक

सिन्धुपाल्चोक : स्थानीय तहले विनियोजन गरेको आगामी आर्थिक वर्षको बजेटमा सडक पहिलो प्राथमिकतामा परेको छ। स्थानीय तह समृद्धिका लागि कृषि, पर्यटन, शिक्षालगायत क्षेत्रलाई प्राथमिकतामा राखेका स्थानीय तहले सबैभन्दा बढी सडक निर्माण र मर्मतमा विनियोजन गरेका छन्। स्थानीयको माग र उपभोक्ताको आवश्यकता आधारमा बजेटको बढी हिस्सा सडक क्षेत्रमा विनियोजन भएको हो।

स्थानीय सरकार आएपछिको यो पटक मात्र हैन प्रत्येक वर्षको बजेटमा सडक प्राथमिकतामा परेको जनप्रतिनिधि बताउँछन्। ‘सबै पूर्वाधार निर्माण गर्न सडक अपरिहार्य संरचना भित्र पर्दो रहेछ’, पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामा भन्छन्, ‘बस्तीसम्म सहज सबै पहुँच पुर्‍याउन पनि सडक आवश्यक छ।’

लगानी बढी भए पनि स्थायित्वमा आउने समस्याले भने लामा चिन्तित छन्। एउटै सडकमा हरेक वर्ष लगानी गर्नुपर्ने अवस्थाको अन्त्य गर्न नसक्दा अनावश्यक लगानी भएको हो कि भन्ने लाग्ने गरेको उनले बताए। आफ्नो गाउँपालिकामा अत्यावश्यक सडकलाई स्थायी संरचनाका रुपमा विकास गर्दै लाने लक्ष्य अघि बढाइएको पनि उनले जानकारी दिए।

स्थानीयको माग र उपभोक्ताको आवश्यकता आधारमा बजेटको बढी हिस्सा सडक।

स्थानीय तहले पालिका आफैले विनियोजन गरेर कार्यान्वयन गर्ने र वडामार्फत विनियोजन भएको बजेट कार्यान्वयन गर्ने गरेका छन्। ठूला योजना प्रत्यक्ष पाकिाबाट र साना योजना वडामार्फत विनियोजन हुने गरेको इन्द्रावती गाउँपालिका-३ का वडाअध्यक्ष देवप्रसाद बाँनियाले बताए। वडामा पनि बढी माग सडक निर्माण र मर्मतकै हुने गरेको उनी बताउँछन्। उपभोक्ताको मागअनुसार काम गर्दा सडकमै बढी योजना पर्ने गरेको उनले स्वीकारे। हरेक वर्ष एउटै सडकमा कुनै न कुनै शीर्षकमा बजेटहाल्नुपर्ने अवस्थाबाट बाहिर आउनुपर्ने चौतारा साँगाचोकगढी नगरपालिका-१३ का वडा अध्यक्ष रामप्रसाद गौतम बताउँछन्। थोरै भए पनि स्थायी संरचना निर्माण गर्दै जाँदा प्रभावकारी काम हुने र केही वर्षमा त्यो सडकमा लगानी गर्नु नपर्दा अन्य क्षेत्रमा लगानी गर्न सकिने उनको अवधारणा छ।

जिल्लाका १२ स्थानीय तह मध्ये अधिकांशले पूर्वाधार निर्माणको कुल बजेटको झण्डै आधा रकम सडकमा विनियोजन गरेका छन्। आधा सडकमा विनियोजन गरेर बाँकी रहेको बजेट खानेपानी, विद्युतीकरण, सिँचाइ, विद्यालय, स्वास्थ्य संस्थालगायतमा विनियोजन भएको स्थानीय तहले जनाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.