बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइँदै

स्याङ्जा : स्याङजाका करिब १८ हजार बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधि खुवाइने भएको छ । सोमबार र मंगलबार जिल्लाभरका ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।

छ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि ५९ महिना सम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने भएको हो । एक वर्षदेखि ५ वर्ष उमेर समूहकाले दुबै औषधि खुवाउनुपर्ने हुन्छ । 

जिल्लाभरका ६ सय १२ स्वास्थ्य संस्थामार्फत यहाँका महिला स्वास्थ्य स्वयंसेविकाले लक्षित बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन सुरु गरेका छन् ।  स्याङजामा एक वर्षदेखि ५ वर्ष मुनिका करिब १५ हजार बालबालिकाले जुकाको औषधी र  करीब १८  हजार बालबालिकालाई भिटामिन ए खुवाउने लक्ष्य रहेको खोप अधिकृत अमृतप्रसाद श्रेष्ठले जानकारी दिए । 

कोरोना भाइरस संक्रमणको अवस्था रहेकाले स्वास्थ्य स्वयंसेवी, अभिभावक र बालबालिकालाई सामाजिक दूरी कायम गरी भिटाभिन ए र जुकाको औषधि खुवाउन सुझाव दिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.