क्रिसीले छोडिन् सोसल मिडिया

क्रिसीले छोडिन् सोसल मिडिया

लस एन्जलस : आफूलाई फ्यानसँग जोडेर राख्न प्रायः सेलिब्रिटीहरूले सोसल मिडिया प्रयोग गर्छन्। तर केही सेलिब्रिटी भने अहिले यसबाट टाढिन थालेका छन्। यस्तैमा हलिउडकी एक मोडलले सोसल मिडियाबाट ब्रेक लिने घोषणा गरेकी छन्। खानपिनसँग जोडिएका विषयमा पुस्तक लेख्ने लेखक एलिसन रोमनसँग चलिरहेको झगडाबीच मोडल क्रिसी टेगनले सोसल मिडियाबाट ब्रेक लिने घोषणा गरेकी हुन्।

ई अनलाइनको रिपोर्टअनुसार केही महिनापहिले कुकबुक लेखक रोमनले भोजनको संसारमा टेगनमाथि कटाक्ष गरेका थिए। यो टिप्पणीपछि उनका फ्यान उनको बचाउ गर्न आए। तर घटनाले फरक मोड लिँदै गयो।

यसैबीच टेगनले ट्विट गर्दै सोसल मिडियाबाट ब्रेक लिने आफ्नो निर्णय सुनाइन्। उनले भनिन्, ‘अहिले भएको यो नाटक मलाई मन परेन। मेरा सन्तानलाई पेट्री डिस बेबी भन्नु या मसँग कसैको नाम जोडेको मलाई ठीक लागेन। त्यसैले ब्रेक लिँदैछु।’

एलिसनले भने, ‘क्रिस टेगनले जे गरिन् त्यो बेवकुफीबाहेक केही होइन। उनीसँग एक सफल भान्साको किताब थियो। उसको इन्स्टाग्राम पेजमा एक मिलियनभन्दा धेरै फलोअर्स छन्।’ पछि एलिसनले माफी माग्दै एउटा इमेल गरे जसमा उनले आफूले प्रयोग गरेको भाषाप्रति खेद व्यक्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.