हामी छौं साथ भन्दै आए शिव

हामी छौं साथ भन्दै आए शिव

धरान : विश्वव्यापी महामारी कोरोनाको आतंक पहिलेभन्दा निकै कम भए पनि कोरोना संक्रमित दिनप्रतिदिन बढिरहेका छन्। चार महिनाको अवधिमा विश्व अर्थतन्त्रमा निकै गिरावट आएको छ। विश्वलाई नै प्रभाव पारेको यो प्रकोपले हाम्रो देशलाई नछुने कुरै भएन।

भूकम्पले थलिएर विस्तारै चल्मलाउँदै गरेको अवस्थामा कोरोना प्रकोपले हाम्रो मुलुक पूरै धराशयी भएको छ। यसका लागि हामी सबै नेपाली एक हुनु जरुरी छ। सम्पूर्ण विश्वलाई हामी नेपाली एक छांै भन्ने देखाउने यो सुनौलो दिन पनि रहेको बताउँदै गायक शिव लामिछाने शिबाज नयाँ गीत ‘हामी छौं साथ छ हातमा हात’ म्युजिक भिडियोसहित आएका छन्।

कृपा अनप्लगड म्युजिकल सोसमेत परिकल्पना तथा निर्माण गरेका गायक शिवले कृपा दृश्य डिजिटलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्। हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा अल्मोडा राना उप्रेतीको संगीत संयोजन छ भने रञ्जितवल्लभ उप्रेतीले भिडियो सम्पादन गरेका छन्।

भिडियोमा कलाकारका रूपमा नेपाललगायत चीन, जर्मनी, हङकङ लगायतबाट ४८ जना नेपालीको संग्लनता छ। महामारीको प्रकोपसँगै देशको अर्थ–राजनीति आफ्नै तालमा हराइरहेको यो रनभुल्ल परेको स्थितिमा हामी सबै नेपाली दाजुभाइ, दिदीबहिनी, इष्टमित्र, आमाबाबु, परिवारको मुहारमा केही उज्यालो आओस् भन्ने आफ्नो मात्र नभएर सबैको आकांक्षा रहेको गायक लामिछानेले बताएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.