पत्रकार महासंघ र जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

पत्रकार महासंघ र जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

डोल्पा : डोल्पामा पत्रकार महासंघ र जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ। पूर्व पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, पर्यटन ब्यवसायी जितेन्द्र झाँक्री र मनघरी फाउण्डेशनको सहयोगमा डोल्पाका पत्रकार र जिल्ला अस्पतालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। 

मनघरी फाउण्डेशनले डोल्पामा दोस्रो पटक स्वास्थ्य सामाग्री पठाएको हो। जिल्ला अस्पताललाई २२ थान पीपीई, १२ थान फेसल सीट, ५ थान केएन ९५ मास्क र नेपाल पत्रकार महासंघलाई १४ थान प्रेस ज्याकेट, १५ थान सेनिटाइजर र १५ थान केएन ९५ मास्क एक कार्यक्रमका बिच जिल्लामा क्रियाशील पत्रकारलाई वितरण गरिएको हो। 
 

डोल्पामा पुगेको स्वास्थ्य सामाग्रीका लागि पूर्व राज्यमन्त्री धनबहादुर बुढा, मनघरी फाउण्डेशनका सल्लाहकार वीर अस्पतालका उप निर्देशक डाक्टर रविन खड्का, पर्यटन व्यवसायी जितेन्द्र झाँक्री, राष्ट्रिय आविष्कार केन्द्र र मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले सहयोग गरेका हुन्। नेपाल पत्रकार महासंघमा आवद्ध रहेर डोल्पामा कोरोना भाइरसको महामारीका बिचमा पनि काम गरिरहेका पत्रकारले पहिलोपटक स्वास्थ्य सामाग्री पाउँदा रिपोटिङमा थोरै भए पनि जोखिम कम हुने भन्दै नेपाल पत्रकार महासंघ डोल्पा शाखाका अध्यक्ष बबिकिशोर गूरुङले सहयोगी सबैलाई धन्यवाद ब्यक्त गरे। 

मनघरी फाउण्डेशनले डोल्पामा यसभन्दा पहिला पनि जिल्लाका सबै स्थानीयतहलाई पीपीई तथा अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो। जिल्लामा पत्रकारहरु पनि निकै जोखिममा रहेको भन्दै फाउण्डेशनले पत्रकारका लागि पनि स्वास्थ्य सामाग्री सहयोग गर्न पाएको भन्दै मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले खुसी व्यक्त गरे। थापाले भने, 'सानो भए पनि फ्रन्ट लाइनमा रहेका पत्रकारलाई सहयोग हुने आशा राखेको र भोलिका दिनमा पनि सहयोग हुने प्रतिवद्धता व्यक्त गर्दछु।' 

मनघरी फाउण्डेशनले यसभन्दा पहिला दैलेखमा दुई पटक स्वास्थ्य सामाग्री र नेपाल पत्रकार महासंघ दैलेखलाई पनि प्रेस ज्याकेटसहित अन्य स्वास्थ्य सामाग्री पठाएको अध्यक्ष थापाले जानकारी दिए। डोल्पामा आएको स्वास्थ्य सामाग्री नेपाल पत्रकार महासंघ डोल्पा शाखाले एक कार्यक्रम गरि जिल्ला समन्वय प्रमुख शेरबहादुर बुढा र समाजसेवी लक्ष्मीकान्त उपाध्यायमार्फत जिल्ला अस्पताल र नेपाल पत्रकार महासंघ डोल्पा शाखालाई हस्तान्तरण गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.