लकडाउनकै बीच दार्चुलाका सीमा नाका तीन दिनका लागि खुला

लकडाउनकै बीच दार्चुलाका सीमा नाका तीन दिनका लागि खुला

दार्चुला : भारतसँग सीमा जोडिएको दार्चुलाको जौल्जिबी र दार्चुलाको छोटी भन्सार गरी दुईवटा नाका बुधबारदेखि तीन दिनका लागि खुल्ने भएका छन् । दुवै देशका स्थानीय प्रशासनको समन्वयमा सीमा नाका खुला गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेल्ले बताए। उनले भने, 'कोरोना भाइरस संक्रमणको जोखिमका कारण अन्तराष्ट्रिय सीमा नाका बन्द भएकाले दुवै देशका स्थानीय प्रशासनको सहमतिमा नाका खुल्न लागेको हो ।'

सीमामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी भएको हो ।  बुधबार बिहान ९ बजेदेखि नाका खुला रहने भनिएता पनि विविध कारणबस ढिला भएर ११:१५ मा सीमानाका खुलेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

पेन्सन बुझ्ने दैनिक एकसयजनालाई मात्रै नाकाबाट भारत पस्न दिइने छ । त्यसका लागि जेष्ठताको आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था गरेको छ । यस्तै नाकाबाट फर्कने नागरिकलाई समान्य चेकजाँच गरेर स्वदेश फर्काइनेछ । सीमा नाकामा नेपाल फर्किन कतिजना रहेका छन् खासै एकिन भएको छैन र उनीहरुलाई पनि स्वदेश फर्किन मौका मिलाइएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.