लकडाउनमा साइकलमा पर्यटकीय क्षेत्र खोज्दै भाष्कर

लकडाउनमा साइकलमा पर्यटकीय क्षेत्र खोज्दै भाष्कर

डोल्पा : डोल्पामा पर्यटकीय क्षेत्रको प्रचुर सम्भावना रहेको धेरैजसो स्थान ओझेलमा नै रहेका छन्। नेपालका ठूला हिमालमध्यको काञ्जिरुवा हिमालसमेत डोल्पामा पर्दछ। अथाह घुम्न लायक ठाउँ हुँदाहुँदै पनि पर्यटकले चिन्न र अवलोकन गर्न भने पाएका छैनन्। कोरोना भाइरसको कारण सयौँ दिनदेखि देश लकडाउनमा रहेको छ। लकडाउनकै बिचमा एक साइकल यात्रीले डोल्पाका पर्यटकीय क्षेत्रको खोजी गरिरहेका छन्। 

साइकलमा धेरै अनुभव बटुलेका साइकल यात्री रामचन्द्र बस्नेत (भाष्कर)ले ओझेलमा परेका पर्यटकीय क्षेत्रको खोजी गरिरहेका छन्। जुम्ला र डोल्पाको सिमानाको जगदुल्लामा पर्ने दूधकुण्डली ताल पर्यटकीय क्षेत्रको ठुलो सम्भावना रहेको ताल हो। ६ हजार मिटरभन्दा ठुला आधा दर्जन हिमालले घेरिएको लाम्चो आकारको ताल हाल तीर्थस्थलका रुपमा मात्रै चिनिने गरेको साइकल यात्री भाष्कर सुनाउँछन्। 

उनी भन्छन्,  'एकै ठाँउमा राक्षस दह, अगुल्टे दह लगायत आधा दर्जन ताल पनि छन् तर ती ताल हेर्नको लागि कुनै किसिमका पहल भएका छैनन्। तिनै तालबाट झरेका सयौँ मिटर अग्ला झरना पनि छन्।'  निकै ठुलो चुनौतिका बिच पनि रामचन्द्र बस्नेत (भाष्कर)ले साइकलमा यात्रा गरेर पर्यटकीय क्षेत्रको खोजी र प्रचारप्रशार गरिरहेका छन्। भाष्करले यसभन्दा पहिला पनि फोक्सुण्डो तालमा साइकल यात्रा गरी पर्यटकीय क्षेत्रको प्रचारप्रशार गरेका थिए। 

रामचन्द्र बस्नेत (भाष्कर)ले साइकलमा दूधकुण्डली तालमा साइकलमा यात्रा गरेपछि गाउँपालिकाले आफ्नो गूरु योजनामा समेत पर्यटकीय क्षेत्र बनाउने गरी समावेश गरेको जगदुल्ला गाउँपालिकाका अध्यक्ष नारासिंह रोकायाले जानकारी दिए। उनले गाउँपालिकाबाट दूधकुण्डली तालसम्म केबलकारबाट पर्यटक जाने योजना राखिएको र माता तीर्थालुका लागि विशेष तीर्थस्थल बनाउने लक्ष्य लिएको दावी गरे। साइकल यात्री रामचन्द्र बस्नेत (भाष्कर)ले डोल्पामा मात्रै नभएर नेपालका धेरै जिल्लामा साइकल यात्रा गरेर पर्यटीय क्षेत्रको प्रचारप्रशार र खोजी गरिरहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.