सुदूरपश्चिम प्रदेश : प्रतिपक्षको अवरोधबीच बजेट पारित

सुदूरपश्चिम प्रदेश : प्रतिपक्षको अवरोधबीच बजेट पारित

धनगढी : सुदूरपश्चिम प्रदेशसभाले प्रतिपक्षको अवरोधबीच आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित गरेको छ। असार १ गते प्रदेशसभामा प्रस्तुत गरेको बजेट सामान्य छलफल मात्रै गरेर बहुमतले पारित गरेको हो। प्रतिपक्ष दलको नाराबाजीका कारण २३ दिनसम्म बजेटमाथि छलफल हुन सकेको थिएन। बुधबार एकै दिन तीन पटक बैठक राखेर प्रदेशसभामा बजेट पारित गरिएको हो।

बुधबार ८ बजे संसदको पहिलो बैठक बसेको थियो। बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक तथा आगामी आर्थिक वर्षको सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलको प्रस्ताव पेस गरे लगत्तै सकिएको थियो। 

त्यसको पौने घण्टापछि अर्थात ९ बजे सुरु भएको अर्को बैठकमा सत्तारुढ दलका सांसद दुर्गा विकले धारणा राखिन्। उनले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक तथा सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्न र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गर्नुपर्ने बताइन्। उनको धारणपछि फेरि बैठक स्थगित भएको हो।

त्यसपछि दिउँसो २ बजे बसेको बैठकमा सभामुख अर्जुनबहादुर थापाले नाराबाजीबीच पनि संसदको कारबाही अघि बढाए। प्रतिपक्षी दलको लगातारको नाराबाजीका बीचमै बजेट पारित भएको हो। बुधबार बिहान र दिउँसो गरेर २ पटक बसेको बैठकको प्रारम्भ मै प्रतिपक्ष दलहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेका थिए।

सदनमा सभामुख निकै आक्रामक शैलीमा प्रस्तुत भएका थिए। प्रदेश सरकारले बजेट ल्याएपछि विपक्षी दल नेपाली कांग्रेस र समाजवादीले लगातार सदन अवरोध गर्दै आएका थिए। प्रदेशसभामा प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण उदासिन देखिएको भन्दै असार १० गतेदेखि सदनमा अवरोध जारी राखेपछि संसद बैठक बारम्बार स्थगित हुँदै आएको थियो।

बैठकपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकार विधि र प्रक्रिया भन्दा पनि बहुमतको दम्भमा अगाडि बढीरहेको आरोप लगाए। ‘प्रतिपक्ष दलहरुले जनताका माग सम्बोधन गर भन्दा एकलौटी हिसाबले अगाडि बढ्छ भने यसमा हाम्रो भन्नु केही छैन्’, उनले भने, ‘प्रतिपक्ष निरन्तर जनताको साथमा रहेको छ।’   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.