हावाबाट कोरोना भाइरस सर्दैन भन्‍न सकिँदैन : डब्लुएचओ

हावाबाट कोरोना भाइरस सर्दैन भन्‍न सकिँदैन : डब्लुएचओ

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको संक्रमण हावाको माध्यमबाट पनि फैलिन सक्ने सम्भावना नकार्न नसकिने बताएको छ। यसअघि संक्रमित व्यक्तिले खोक्दा वा हाच्छयू गर्दा निस्कने थुकको माध्यमबाट मात्र कोरोना भाइरस सर्ने दाबी गर्दै आएको डब्लुएचओले हावामा रहने साना कणबाट कोरोना भाइरस फैलन सक्ने प्रमाण भेट्दै गएको स्वीकार गरेको हो। 

डब्लुएचओले अति साना अर्थात सुक्ष्म कणहरु हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने र ति कणमा कोरोना भाइरस रहे व्यक्तिमा संक्रमण हुन सक्ने प्रमाण भेटिन थालेको जनाएको हो। संक्रमित व्यक्तिबाट निस्किएका अति साना कणमा कोरोना भाइरस हुन सक्ने र ती कणहरु वायुको माध्यमबाट फैलिन सक्ने भएकाले थप सावधानी अपनाउनुपर्ने देखिएको बीबीसी समाचारमा उल्लेख छ।

डब्लुएचओको संक्रमण नियन्त्रण तथा सावधानीका प्राविधिक प्रमुख बेनेडेट्टा एलिग्रान्जीले भिडभाड, बन्द वा भेन्टिलेसन कमजोर रहेको ठाउँमा कोरोना भाइरसको संक्रमण वायुको माध्यमबाट पनि फैलिन सक्ने भनेर आएका पछिल्ला प्रमाणलाई अस्वीकार गर्न नसकिने बताउँदै यो विषयमा थप अनुसन्धानको खाँचो रहेको बताए।

२०० जनाभन्दा धेरै वैज्ञानिकले खुला पत्र लेखेर संगठनले कोरोना भाइरस वायुको माध्यमबाट पनि फैलिन सक्ने कुरालाई ख्याल नगरेको आरोप लगाउँदै यो भाइरस 'हावामा तैरन सक्ने' र सास लिँदा मानिसमा सर्न सक्ने उल्लेख गर्दै प्रमाण दिएका थिए। त्यसैको जवाफमा संगठनले कोरोना भाइरसको ‘एअरबर्न ट्रान्समिसन’ पूर्ण रुपमा खारेज गर्न नसकिने बताएको हो। संगठनले अहिले देखिएका प्रमाणहरु सुरुवाती मात्रै भएकाले यसलाई प्रमाणित गर्न थप अनुसन्धानको खाँचो रहेको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.