भोटेकोसी बाढी अपडेट : २ को मृत्यु, १९ जना बेपत्ता (नामावलीसहित)
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटेकोसी नदीमा आएको भीषण बाढीमा परी २ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन्। पहिरोले दर्जनभन्दा बढी घर बगाएको छ । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घरहरु बगाएको छ। बाह्रबिसेको जम्बु बजार डुबानमा परेको छ। बुधबार राती आएको बाढीले बस्ती नै डुबानमा परेको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनले जानकारी दिइन।
उनका अनुसार हालसम्म जम्बु निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरीको शव फेला परेको छ भने अन्य १९ जना बेपत्ता छन्। बाढीले अरनिको राजमार्गको पुलसमेत बगाएको छ। थाकसेलमा पनि बाढीले बस्ती बगाएको छ । सोतागंमा पनि पहिरो गएको छ। बाढीले मध्ये भोटेकोशी जलविद्युत आयोजनाको स्टोर पनि बगाएको छ।
बेपत्ता हुनेको नामावली
भोटेकोशी गाउँपालिका-४, फुल्पिङकट्टीका
१. ९ वर्षका पासाङनोर्वु तामाङ
२. २७ वर्षकी मञ्जु तामाङ
३. छ वर्षकी पायल तामाङ र नाम नखुलेका १० दिनका नाबालक
बाह्रबिसे नगरपालिका -५, जम्बु
१. भिमबहादुर वाइबा
२. चिनमाया वाइबा
३. लिलामाया वाइबा
४. पासाङदोर्जे वाइबा
५. निमाडोल्मा वाइबा
६. लक्ष्मण वाइबा
७. सुनमाला वाइबा
८. जनकबहादुर थिङ
९. सविना तामाङ
१०. आकाश तामाङ
११. हिमेश शर्मा ( मध्यभोटेकोशी आयोजनाका कर्मचारी
१२. आकाश केसी ( जाइका परियोजनाका इन्जिनियर)
१३. तोकबहादुर तामाङ
१४. सलिनी तामाङ
१५. सुरेश तामाङ
१६. युक्तबहादुर तामाङ
स्रोत : जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्ले