'हङकङ नेपाली महासंघ'लाई पुन: सामुदायिक सेवाको जिम्मेवारी

'हङकङ नेपाली महासंघ'लाई पुन: सामुदायिक सेवाको जिम्मेवारी

अनोज रोक्का

हङकङ : हङकङ होम अफियर्स डिपार्टमेन्ट अन्तरगत नेपाली समुदायको लागि सामुदायिक सेवाको जिम्मेवारी पुन: हङकङ नेपाली महासंघले पाएको छ। महासंघले एक कार्यक्रमको आयोजना गर्दै सामुदायिक सेवाका विविध कार्यक्रम सार्वजनिकसँगै निशुल्क हेल्थ क्याम्प र माक्स, सेनिटाइजर वितरण गरेको छ। 

हङकङ सरकारले अल्पसंख्यक जाति र समुदायका लागि हरेक वर्ष बजेट छु्ट्याउने गर्दछ। एक वर्षको लागि ५ लाख हङकङ डलर बराबरको बजेट समुदायको हितमा काम गरिरहेको एक संस्थालाई प्रदान गरिन्छ। सन् २०१६ बाट नेपाली संघसस्थाको छाता संगठन हङकङ नेपाली महासंघले समुदाय सेवाको प्रोजेक्ट पाइरहेको छ। पाँच वर्षदेखि निरन्तर सामुदायिक सेवाको जिम्मेवारी पाइरहेको महासंघले १० लाख हङकङ डलर बराबरको बजेटसहित अप्रिलबाट २ वर्षको लागि सेवाको नयाँ जिम्मेवारी पाएको हो। 

कार्यक्रममा महासंघका अध्यक्ष टंक रानाले उपस्थित नेपालीलाई धन्यवाद दिंदै सबैलाई सहकार्य गर्न आग्रह गरे। 'हामीले महासंघको तर्फबाट नेपाली समुदाय सहयोगका विविध कार्यक्रम आयोजना गर्यौं, सम्पूर्ण नेपालीको सहभागिता र प्रत्यक्ष सहकार्यले अर्को प्राजेक्टलाई अघि बढाउने जिम्मेवारी पुन पाएका छौं। समुदायको विकासका लागि सहयोगीमुलक कार्यक्रमको आयोजना गर्नेछौं', रानाले भने। 

कार्यक्रममा महासंघलाई नेपाली संघसस्थाका प्रतिनिधिले बधाइ तथा सफल कार्यकालका लागि शुभकामना दिए। सिएसटीएन (नेपाली समुदायका लागि सामुदायिक सेवा) प्रोजेक्टकी इन्चार्ज रीता गुरुङले समुदायको हरेक पीडा र दुखमा महासंघ सदैब अगाडि बढेर सहयोग गर्ने प्रतिवद्धता गरिन्। गुरुङ भन्छिन्, 'हङकङमा बालबालिकाको चौतर्फी विकासका लागि नेपाली कक्षा, सीपमुलक कक्षा, प्रौढ, वृद्धवृद्धाका लागि स्वास्थ्य जाँच लगायतका विविध कार्यक्रम गरिरहेका छौं। कोभिड १९ को महामारीबाट बच्नका लागि चेतनामुलक कार्यक्रमको आयोजनासँगै मास्क, सेनिटाइजर लगायत पटकपटक वितरण गरेका छौं। आगामी दिनमा पनि हङकङमा नेपालीलाई हुने हरेक समस्यामा महासंघले सहयोग अवश्य गर्नेछ।' 

कार्यक्रममा स्वास्थ्यकर्मीले करिब सयजना नेपालीको उच्च रक्तचाप, कोलेस्ट्रोल, सुगर लगायतको जाँच गरेका थिए। एक सहभागी भन्छन्, 'ब्लड प्रेसर बढेको रहेछ, सुगर पनि देखियो। जहिल्यै काममा जाँने हुँदा आफ्नो बारे सोच्ने फुर्सद पनि नहुँदो रहेछ, आजको जाँचले सचेत रहने मौका पनि मिल्यो।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.