सभामुख सापकोटासहितको टोली भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

सभामुख सापकोटासहितको टोली भोटेकोशी बाढी प्रभावित क्षेत्रमा

सिन्धुपाल्चोक : गए रातीको भारी वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले बाह्रबिसे नगरपालिका-५, जम्बुमा बस्ती नै बगाएपछि घटनास्थलको निरीक्षण र घाइतेको उद्दारका लागि प्रतिनिधिसभाका सभामुखसहितको टोली घटनास्थल पुगेको छ। 

बिहान प्रतिकुल मौसमका कारण हेलिकोप्टरमा जान सम्भव नभएपछि अपरान्ह सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थल पुगेको हो। घटनास्थल सभामुख सापकोटाको निर्वाचन क्षेत्र हो।

सापकोटासहित बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल लगायतको टोली घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। 

वर्षाका कारण अरनिको राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध हुँदा घाइतेको उद्दारमा समेत ढिला भएको थियो। सडकअवरुद्ध  भएका कारण सुरक्षाकर्मीको टोली समेत बिहान अबेर मात्र घटनास्थल पुगेका थिए।

भोटेकोशी गाउँपालिकाको बुल्कोटका घाइते फूर्वा लामा, सोही ठाउँकी १० दिने शिशु तथा बाह्रबिसे-४, जम्बुका ६० वर्षीया बुद्धिमाया तामाङ, २३ वर्षीया  सविना बस्नेत र १९ वर्षीय सुरेश तामाङलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए। थप घाइते दुई जनालाई उपचारका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

घटनास्थल निरीक्षण र घाइतेको उद्दारपछि सभामुखसहितको टोलीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखसँग घटनाको विषयमा जानकारी लिएका छन्।
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.