सिन्धुपाल्चोकमा बाढी बितन्डा (फोटो/भिडियो)
काठमाडौं : बिहीबार बिहानका राति भोटेकोसी नदीमा आएको बाढीले सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्याएको छ ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका-५ लाम्बोटेमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको हो । बाह्रबिसे नगरपालिका-५ मा पहिरोले ११ घर बगाएको छ । जहाँ १४ जना हराइरहेका छन् । दुई जनाको शव भेटिएको छ भने तीन जना घाइतेको उद्धार भएको छ ।
उता भोटेकोशी गाउँपालिका-५ लाम्बोटेमा २ वटा घर बजाएको छ । जहाँ चारजना बेपत्ता छन् भने दुई जना घाइते छन् ।
बाढीले अरनिको राजमार्गको पुलसमेत बगाएको छ। थाकसेलमा पनि बाढीले बस्ती बगाएको छ । सोतागंमा पनि पहिरो गएको छ। बाढीले मध्ये भोटेकोशी जलविद्युत आयोजनाको स्टोर पनि बगाएको छ।