अछाममा कोरोना संक्रमितको संख्या ६०७ पुग्यो

अछाममा कोरोना संक्रमितको संख्या ६०७ पुग्यो

अछाम : अछाममा कोरोना संक्रमितको संख्या ६ सय ७ पुगेको छ । बिहीबार मंगलसेन नगरपालिकामा १ जना, साँफेबगर नगरपालिकामा २ जना र चौरपाटी गाउँपालिकामा १ जना गरी ४ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कोरोना संक्रमितको संख्या ६ सय ७ पुगेको जिल्ला स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ।

साँफेबगर नगरपालिकामा आज २ जनालाई कोरोना पुष्टि भएको छ। साँफेबगर नगरपालिकाका ३६ र ३० वर्षीयाका महिलामा कोरोना पुष्टि भएको हो। योसँगै साँफेबगरमा कोरोना संक्रमितको सख्या १ सय ५२ पुगेको छ । 

यस्तै मंगलसेन नगरपालिका १४ का ७५ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । योसँगै मंगलसेनमा संक्रमितको संख्या ६९ पुगेको छ ।  यस्तै चौरपाटी गाउँपालिकाका २३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।त्यहाँ संक्रमितको सख्या ५१ जना पुगेको छ । हालसम्म मेल्लेखमा कोरोना संक्रमितको सख्या १ सय १, रामारोशन गाउँपालिकामा १ सय ४ जना, वान्नीगढी जयगढ गाउँपालिकामा ३४ जना, ढकारी गाउँपालिकामा २८ जना, पन्चदेवल विनायक नगरपालिकामा २० जना, कमलबजार नगरपालिकामा २५ जना र तुर्माखाँद गाउँपालिकामा २३ जनालाई कोरोना पुष्टि भएको छ।

कोरोना निको हुनेको सख्या १५८ पुगेको छ । सुदूरपश्चिम प्रदेशका पहाडि जिल्लामा सबैभन्दा बढी बाजुरामा ६ सय १५, अछामका ६०७, डोटीका ५७७, कञ्चनपुरका ४४३ जना, डडेल्धुराका २८०, बैतडीका २७४, बझाङ १६६ र दार्चुलामा १९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.