लमजुङमा कोरोना संक्रमित ६२ पुगे, २२ जना निको भए

लमजुङमा कोरोना संक्रमित ६२ पुगे, २२ जना निको भए

बेंसीसहर : लमजुङमा बिहीबार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित सुन्दरबजारस्थित कृषि क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेकाहरु रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । 

संक्रमित हुनेमा दूधपोखरी गाउँपालिका-६ का ४२ वर्षीय पुरुष, सुन्दरवजार नगरपालिका-८ का २८ वर्षीय पुरुष, राइनास नगरपालिका-६ का २५ वर्षीय पुरुष, राइनास नगरपालिका- ८ कै २५ वर्षीय पुरुष र सुन्दरबजार नगरपालिका-६ का २६ वर्षीय पुरुष रहेका छन् ।

बुधबार लमजुङ राइनास नगरपालिकाका ३४ वर्षीय पुरुषमा कोरोना भाइरस पुष्टि भएको थियो । उनको भक्तपुर केएमसी अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

लमजुङमा कोराना संक्रमित संख्या ६२ पुगेको छ । लमजुङ स्थायी ठेगाना भइ वाह्य जिल्लामा बस्ने ५ जना रहेका छन् ।लमजुङको विभिन्न स्थानका आइसोलेसनमा उपचार गरी २० जना, तनहुँ छिम्केश्वरी अस्पताल र काठमाडौ बनस्थलीको आइसोलेसनमा एक÷एक जना गरी २२ जना संक्रमित निको भएर घर फर्केका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.