डोल्पा पुग्यो सलह : मकै खाएपछि कृषक चिन्तित

डोल्पा पुग्यो सलह : मकै खाएपछि कृषक चिन्तित

डोल्पा : डोल्पामा पनि सहल किराको बथान पुगेको छ। सलह किरा डोल्पाको जगदुल्ला गाउँपालिकामा पुगेर मकै बारी नै सकाएपछि कृषक चिन्तित भएका छन्। सुरुसुरुमा छिटफुट देखिएका सहल बिहीबार बिहानैदेखि ठुलो झुण्डमा मकै बारीमा बसेको र मकै सबै खाएपछि कृषहरु आत्तिएको जगदुल्ला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशबराज जैसीले जानकारी दिए। 

'जैशीका अनुसार हजारौंको संख्यामा छन्। मकैमा बसे भने डाँठ मात्रै बाँकी राख्ने गरेपछि स्थानीय थाल बजाएर भगाउन थाले पनि सकेनन्। बिहानैदेखि ठुलो संख्यामा सहलले मकै खान थालेपछि सबै कृषक मकै बारीमा सलह धपाउँदै बसेका छौं', स्थानीय नन्दबहादुर लामाले बताए, 'बिहानै ठुलो संख्यामा सलह किरा उडे र मकै बारी छोपे। भगाउनलाई विभिन्न उपाय लगाएका छौं तर सकेनौं।' कोरोनाले यार्सागुम्बाबाट कमाउन नपाएको र बारीको मकै पनि सलहले सखाप पारेकाले भोकै मर्ने बेला आएको भन्दै उनी निकै भावुक बने। 

सलह आयो मकै सखाप पारे पनि धपाउन कुनै उपकरण र कीटनाशक नभएको कृषि शाखाका प्राविधिक नरेश आचार्याले जानकारी दिए। उनले भने, 'पूर्वतयारी थिएन किटनाशक हान्न उपकरण पनि छैन। निकै चिन्ताको विषय हो यो।' डोल्पामा सबैभन्दा धेरै उत्पादन हुने र धेरै जसो कृषि योग्य जमिनमा लगाइने मकै नै सलहले खान थालेपछि कृषहरु आत्तिएर स्थानीय सरकार र सरोकारवाला कार्यालयमा गुहार गरिरहेका छन्। 

'कृषकको गुनासो दैनिक आएको छ। हामीले भगाउने उपाय सिकाएका छौँ', कृषि विकास कार्यालय डोल्पाका प्रमुख भिमबहादर धरालाले भने, ' बिहान साँझ उड्न सक्दैन छोप्ने र मार्नेभन्दा अरु कुनै विकल्प छैन। हामीले निरन्तर मन्त्रालयमा जानकारी गराइरहेका छौँ।' सलह किरा डोल्पाको मुड्केचुला, जगदुल्ला, त्रिपूरासुन्दरी नगरपालिका, ठुलीभेरी नगरपालिका, काइकेसम्म पुगेको छ। हालसम्म माथिल्लो डोल्पामा भने पुग्न सकेको छैन। डोल्पामा मकै उत्पाद धेरै हुने भएकोले पनि मकै सलहले खाएपछि भोकै बस्नुपर्ने अवस्था आउने भएको भन्दै कृषक चिन्तित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.