नारायणीमा पानीको बहाव बढ्यो

नारायणीमा पानीको बहाव बढ्यो

परासी : नारायण नदीमा (गण्डक) पानीको बहाव बढेसँगै डुबानको जोखिम बढेको छ । पानीको बहाव बढेर खतरा नजिक पुगेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले त्यस क्षेत्रका स्थानीयलाई सजग हुन आग्रह गरेको छ । 

शुक्रबार बिहान पानीको बहाव बढेर १० दशमलब ४५ मिटर पुगेको छ । ११ मिटरपछि उच्च खतरा मानिन्छ । जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा रहेको मापन मिटरमा पानीको बहाव बढ्दै गएको देखाएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । 

गण्डक ब्यारेजमा सबै ढोका बन्द रहेकाले पानीको बहाव बढेदै गए नेपालतर्फ जोखिम बढ्ने भएकाले स्थानीयलाई सचेत हुन आग्रह गरिएको प्रजिअ पाठकले बताए ।  ब्यारेजको ढोका खोल्ने र बन्द गर्ने भारतीय पक्षले गर्दै आएको छ ।' पानीको बहाव बढ्दै गए ब्यारेजका ढोका खोल्न भारतीय पक्षसँग आग्रह गर्छौं, अहिले स्थानीयलाई सजग हुन र सुरक्षित स्थानको खोजीका लागि सरोकारवालासँग समन्वय गरिरहेका छौं,' प्रजिअ पाठकले भने ।

बिहीबार रातिदेखिको लगातार वर्षाले पानीको बहाव बढ्दै गएको छ । अझै ३÷४ घण्टा लगातार पानी परिरहे गण्डक क्षेत्र पूरै डुबानमा पर्ने जोखिम बढेको छ । समयमा सजगता अपनाउन नसके गण्डक क्षेत्रमा पर्ने सुस्ता, प्रतापपुर, सरावल र पाल्हीनन्दनका ४० बढी गाउँ डुबानमा पर्ने संभावना छ ।

भारतीय पक्षले हरेक वर्ष गण्डक नहरका बाँधहरु मर्मत गर्ने गरेको छ । तर गुणस्तरीय काम नहुँदा पानीको बहाव बढेसँगै बाँध फुट्ने खतरा पनि उत्तिकै रहेको स्थानीयले बताएका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.