सुत्केरी हुन नसकेर तीन दिनदेखि छटपटाउँदै गर्भवती

सुत्केरी हुन नसकेर तीन दिनदेखि छटपटाउँदै गर्भवती

बाजुरा : हिमाली गाउँपालिका ३ की एक गर्भवती तीन दिनदेखि सुत्केरी हुन नसकेर घरमै छटपटाइ रहेकी छन् । साबिकको बिच्छाया गासिवस युनाकी २५ वर्षीया लालसरीलाई बुढा ३ दिनदेखि सुत्केरी व्यथाले च्यापेको छ। उनको अत्यधिक रगतश्राव भइरहेको आफन्तले बताएका छन् । 

नजिकै रहेको यूना आधारभूक्त स्वास्थ्य केन्द्रमा एकजना स्वास्थ्यकर्मी मात्र रहेको र उनी पनि गुम्बा गएको खबर गएको गर्भवतीका आफन्तले बताए। अर्को बिच्छाया स्वास्थ्य चौकीमा स्टेचरमा लैजान अप्ठ्यारो भएको र बाटोमा पहिरो आएकाले  थप समस्या भएको उनका आफन्त अर्जुन रोकायाले बताए ।

बिच्छाया स्वास्थ्य चौकी पुग्न यूनाबाट चार पाँच घण्टाको पैदल दुरीमा पर्छ । स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई खबर गरेको र उनीहरु बाटोमा आएको पहिरोले बीचमै रोकिएको रोकायाले बताए ।  यता हिमाली गाउँपालिकासँग कुरा गर्दा सम्बन्धित स्वास्थ्य चौकीले सिफारिस नगर्दासम्म आफूले कुनै प्रक्रिया अगाडि बढाउन नसकिने बताएको अर्जुन रोकायाले बताए । 

यूनाबाट बिच्छाया स्वास्थ्य चौकी पुग्नै चार पाँच घण्टा लाग्छ । बिच्छायाबाट कोल्टि स्वास्थ्य केन्द बोकेर ल्याउन तीन दिन लाग्छ। तीन दिनसम्म बोकेर ल्याउँदा बीच बाटोमै अलपत्र हुने डर लागिरहेको रोकायाले बताए । 

भीरको बाटो, वर्षाको समय भएकाले बाटोमा पनि पहिरा आएको हुँदा बोकेर ल्याउन समस्या भएको उनले बताए ।  बाजुरा जिल्लाको अति विकट मानिने साबिकको बिच्छ्या गाबिसबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुग्न तीन दिन लाग्छ भने सदरमुकाममा पुग्न चार पाँच दिन लाग्ने गर्छ । 

यतिबेला ग्रामिण सडक लगातारको वर्षाले अवरुद्ध भइसकेका छन्। कहाँ लैजाने, कसरी लैजाने भन्ने विषयमा अलमलमा परेको आफन्तले बताएका छन् । तत्काल उपचार सम्भव नभए ज्यानै जान सक्ने त्यहाँ स्वास्थ्यकर्मीले बताएका छन् । सुत्केरी व्यथा लागेपछि बिच्छ्या स्वास्थ्य चौकी गएको र उपचार असम्भ भएकाले कोल्टि प्रथामिक केन्द्र रिफर गरेको थियो । अप्ठेरो बाटो भएकाले गर्भवतीलाई घर लगिएको उनका आफन्तले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.